शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

शुक्रबार, ११ जेठ २०७५, २० : १८
शुक्रबार, ११ जेठ २०७५

इलाम । आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी खोरमा परेका छन् । गएराति श्रीमतीको हत्या गरेर फरार अभियुक्त माईजोगमाई गाउँपालिका–५ सोयाङका मदन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । 

माईजोगमाई गाउँपालिका घर भई हाल इलाम नगरपालिका–९ गोलाखर्कमा डेरा गरी बस्दै आएका अन्दाजी ३८ वर्षीय लिम्बूले घरायसी वादविवाद हुँदा आफ्नै श्रीमती बिमला लिम्बूको हत्या गरेको बताइएको छ । 

गएराति खुकुरी प्रहार गरी घाइते बनाइएकी लिम्बूको इलाम अस्पतालमा मृत्यु भएको थियो । श्रीमतीको हत्या गरी फरार भएका अभियुक्त मदन लिम्बूलाई जिल्ला प्रहरी कार्यालय इलामले आज पक्राउ गरेको हो । 

घटना भएको स्थान नजिकै लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप