बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनतासँग गरेका बाचा पुरा गर्ने गरी नीति तथा कार्यक्रम : सांसद लामा

शुक्रबार, ११ जेठ २०७५, २२ : १९
शुक्रबार, ११ जेठ २०७५

काठमाडौं-नेकपा सांसद नविना लामाले जनतासँग गरेका बाचा पुरा गर्ने गरी नीति तथा कार्यक्रम ल्याएकोमा सरकारलाई धन्यावाद दिएकी छिन् ।

आज संसदमा नीति तथा कार्यक्रममाथि बोल्दै उनले जित्नका लागि सपना देख्नुपर्ने बताइन् । 

उनले सहीलाई सही र गलतलाई गलत भन्ने संस्कार बसाल्न प्रतिपक्ष काँग्रेससँग आग्रह गरिन् । 

समृद्ध नेपाल सुखी नेपालीको नारा पुरा गर्नका लागि दोहोरो अंकको आर्थिक बृद्धिदर चाहिने उनले बताइन् । 

सांसद लामाले व्यापार घाटा कम गर्न कषिजन्य बस्तुको निर्यात गर्नुपर्ने र त्यो अबसर आफुहरुसँग रहेको उनले बताइन् ।

उनले फोहोर मैलाको उचित व्यावस्थापन गर्न र विद्युत निकाल्ने कार्यक्रम समेटनुपर्ने बताइन् । 

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको बैठकमा सांसदले बोल्नेक्रम सकिएकाले प्रधानमन्त्रीले आइतबार जवाफ दिने भएका छन् । 

संघीय संसद्मा यही जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथि जेठ ९, १० र आज ११ गते लगातार छलफल भयो । सांसदले उठाएका प्रश्नबारे प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को बैठक यही जेठ १३ गते जवाफ दिने कार्यक्रम छ । 

आजको बैठकमा सांसदले नीति कार्यक्रम आफैँमा राम्रो वा नराम्रो नहुने भएकाले यसको सफल कार्यान्वयनका लागि जोड दिएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १३ आइतबार बिहान बजे ११ बजे बस्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप