शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पक्राउ परेका तरुण दलका नेतालाई रिहा गर्न कांग्रेसको माग

शनिबार, १२ जेठ २०७५, १३ : १६
शनिबार, १२ जेठ २०७५

धरान–नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङलाई  रिहा गर्न नेपाली कांग्रेस सुनसरीले माग गरेको छ । 

नेपाली कांग्रेस सुनसरीका सभापति एवम् प्रदेश नं. १ का प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै गुरुङलाई रिहा गर्न माग गरेका हुन् । 

विज्ञप्तिमा तरुण नेता गुरुङलाई झुटो मूद्दा लगाएर सुनियोजित र षड्यन्त्र पूर्वक पक्राऊ गरिएको दाबी गरिएको छ । 

गएराती पक्राउ परेका उनलाई  निशर्त रिहा नगरे चरणवद्ध आन्दोलनमा उत्रने समेत चेतावनी दिइएको छ । 

गुरुङलाई तरहराकी तीर्थकुमारी गिरीको १० धुर जग्गा कब्जा गरेको आरोप लागेको छ ।

तर, नेता गुरुङले सो जग्गा आफ्नै भएको बताउँदै आएका छन् । 

गुरुङमाथि अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप