बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ट्रेसमी फेसन रन–वेमा दलजितको क्रियशन (फोटोफिचर)

शनिबार, १२ जेठ २०७५, १५ : २८
शनिबार, १२ जेठ २०७५

काठमाडौँ । साँझ ढल्दै थियो । फेसनका पारखीहरु तिल्मिदै थिए । जहाँ छिपिदैँ गरेको रातलाई अन्तर्राष्ट्रियस्तरको ‘फेसन शो’ले स्वागत गर्दैथियो । छिनभरमै म्युजिक, फेसन र सेलिबे्रटीको भीडले माहोल रंगीन बन्यो ।

प्रसंग हो– शुक्रबार साँझ ताहाचलस्थित पाँचतारे होटल ‘सोल्टी क्राउन प्लाजा’को । जहाँ ‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन शो–२०१८’ आयोजना गरिएको थियो ।

नेक्स्ट मोडल नेपालको इभेन्ट व्यवस्थापनमा आयोजना भएको अन्तर्राष्ट्रियस्तरको फेसन शोमा एकतिर दुई दर्जन व्यवसायिक मोडल तथा कलाकार रन–वे नाप्ने तयारी गर्दै थिए, भने अर्काे तिरको फेसन पारखीहरु कक्टेलमा रमाउन थालिसकेका थिए । बियर र ह्विस्कीको ‘फेसन कन्ट्रास्ट’ गज्जबको देखिन्थ्यो । 

साँझको ८ बज्नै लाग्दा ‘इन्स्टुमेन्टल म्युजिक’को तालमा मोडलहरु एक–एक गरी विरालो चालमा ¥याम्पमा देखिए ।

अहिले सम्मकै लामो १९२ फिटको युसेफ स्टेजमा परम्परागत भन्दा केही भिन्न लाग्थ्यो । त्यसैले मोडलहरुको विरालो हिडाइ हेर्न नजिक रहेकाले सजिलै पाउथे । टाढा भएकाले केही घाँटी तन्काउनु पर्दथ्यो । तन्किएर भनेपनि दर्शकले तालीले मोडलको हौसला बढाइरहेका थिए । एकपछि अर्को गरी मोडलहरुले ३ ‘सिक्वेन्स’मा विभिन्न आकर्षक पहिरन सहित र्याम्पमा प्रस्तुत भए ।

‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन २०१८’ को उद्देश्य नेपाली कपडाको प्रवद्र्धन तथा नेपाली पहिरनलाई विश्वसामु पु¥याउन हो । फेसन शो अहिले सम्मकै उत्कृष्ट भएको इभेन्ट व्यवस्थाप गरेको नेक्स्ट मोडल नेपालकी यतना पाण्डेले बताइन् । 

दलजित सुदान, जो एक अन्तर्राष्ट्रियस्तरमा चिनिएकी फेसन डिजाइनर हुन् । उनै दलजितको एकल क्रियशन सोमा प्रस्तुत गरिएको थियो । डिजाइनर दलजित सुदानले ‘म्याजिक अफ जफ्रान’ थिममा तयार पारेका डिजाइनहरू निकै आर्कषक देखिन्थे । 

करिब पाँच दर्जन हारारी नयाँ डिजाइनका ड्रेसहरु मोडलले र्याम्पमा प्रस्तुत गरेका थिए । नेपालकै टप तथा ब्यवसायी १८ महिला र ८ पुरुष गरी २४ मोडल र्याम्पमा उत्रिएका थिए । जसमा नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, बिबेक खड्का लगायत मोडलिङ क्षेत्रमा कहलिएका नामहरु थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप