शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन क्षेत्रको समृद्धिका लागि आवश्यक कानुन निर्माण गरिने

शनिबार, १२ जेठ २०७५, १६ : ५५
शनिबार, १२ जेठ २०७५

काठमाडौं–प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको समृद्धिका लागि आवश्यक कानुन निर्माण गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

सभामुख महराले पर्यटन क्षेत्रको विकासका लागि सरकारले पनि आवश्यक ठोस दृष्टिकोण अघि सार्ने विश्वास व्यक्त गरे । 

 पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गर्दै उनले त्यसको विकासका लागि आवश्यक दृष्णिकोण बनाउन सरकारलाई आवश्यक सुझाव दिन पनि पर्यटन व्यवसायीहरुलाई आग्रह गरे । 
 शनिबार राजधानीमा गन्तब्य नेपालले आयोजना गरेको  कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रले विश्वमा नेपालको पहिचान दिलाउन महत्वपूर्ण योगदान दिएको पनि स्मरण गराए । 

सभामुख महराले नेपालको भूगोल, संस्कृति र जनजीवनबारे विश्व समूदायलाई जानकारी दिन पनि नेपालको पर्यटन क्षेत्र उपयोगी भएको पनि स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप