शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

झाडापखालाबाट  दाङमा ३ सय बढि बिरामी, एकै घरका ४ जनासम्म

शनिबार, १२ जेठ २०७५, १९ : २२
शनिबार, १२ जेठ २०७५

-ओपेन्द्र बस्नेत 

तुलसीपुर । दाङको शान्तिनगर गाउँपालिकामा झाडापखलाबाट करिब ३  सय बढि बिरामी परेका छन् । 

दुषित पानी पिएका कारण शान्तिनगर गाउँपालिका–३ को पातेटाकुरा, गाहा टोल, एकली, अधेरे, गनारी र वडा नंं. ४ को रोइनीघारी र कजेरीका स्थानीय वसाीन्दामा झाडापखलाको प्रकोप फैलिएको चिरेघाट स्वास्थ्य चौकीले जनाएको छ । 

उपचार गराउन आएका ३ सय १० जना मध्य राप्ती अञ्चल अस्पताल तुलसीपुरमा २४  र चीरेघाट स्वास्थ्य चौकीमा २१ जनाको उपचार भइरहेको स्वास्थ्य चौकीका इन्चार्ज हरी पुनले जानकारी दिए । अन्य बिरामी उपचारपछि घर फर्किएका छन् । अझैं फाट्टफुट मात्रामा बिरामी आउने गरेको स्वास्थ्य चौकीले जनाएको छ । 

‘बिरामी भएकामध्ये सबैभन्दा बढि ९५ प्रतिशत महिला छन,’ इन्चार्ज पुनले भने, ‘स्वास्थ्य चौकीमा उपचार हुन नसेका २४ जनालाई अञ्चल अस्पतालमा पठाइका छौं ।’  बालबालिकामा भने झाडापखला देखिएको छैन । 

झाडापखालाका कारण एकै घरका ४ जनासम्म बिरामी परेका छन् । ‘हाम्रो घरमा पाँच जनाको परिवार छ, राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार गर्न आएका तुलसीराम कडेलले भने, ‘बुबा, आमा, म र मेरी श्रीमतीलाई  झाडापखलाले छोयो पाँच बर्षकी छोरी तानिया कँडेललाई केहि भएन ।’  

‘घरमा काम गर्दै थिए’ नजिकै बेडमा उपचार गराईरहेकी अर्की बिरामी ३४ बर्षकी झुमा विकले भनिन, ‘सुरुमा पखला लाग्यो त्यसपछि वाकवाकी हुँदै वान्ता हुन थाल्यो ।’  

स्थानीय मेडिकल र स्वास्थ्य चौकीमा समेत उपचार सम्भव नभएपछि राप्ती अञ्चल अस्पतालमा उपचार गराउन आएको उनले बताईन । बिरामीले टाउको, छाती, पेट दुख्ने, हातखुट्टा कटकटी खाने गरेको बताएका छन् । 

जनश्वास्थ्यको टोली प्रभावित क्षेत्रमा 
यसैबीच जिल्ला जनश्वास्थ्य कार्यालयको टोली पनि झाडापखला प्रभावित क्षेत्रमा पुगेको छ । औषधी र चिकित्सको टोली लिएर प्रभावित क्षेत्रमा पुगेको जिल्ला जनश्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डा. प्रकाश कुमार योगीले जानकारी दिए । 

आवश्यक पर्ने सम्पुर्ण औषधीजन्य सामाग्रीको बन्दोवस्ती सहित प्रभावित क्षेत्रमा  पुगेको र बिरामीहरु खतरामुक्त रहेको योगीले बताए । बिरामीमा वाकवाकी लाग्ने, पेट दुख्ने, वान्ता हुने, पखाला लाग्ने, रिगाटा लाग्ने आदि लक्षण देखा परेको जनश्वास्थ्य टोलीलीले बताएको छ । 

केहि दिनअघि भएको बर्षातका कारण खानीपानीको मुहानमा आएको धमिलो पानी स्थानीय बासीले पिउँदा यस्तो समस्या आएको जनस्वास्थयको टोलीले निष्कर्ष निकालेको छ । बिरामीको दिसा परिक्षण गर्दा व्याक्टेरियल इन्फेक्सन देखा परेको डा. योगीले बताए । 

चिकित्सकको टोलीलले पानी उमालेर मात्र खान, बासी खाना नखान स्थानीयलाई सुझाव दिएको छ ।  स्थानीयहरुमा गत विहिबारदेखि नै यो समस्या देखा परे पनि उपचारका लागि आज मात्रै अस्पतलामा आएको स्वास्थ्य टोलीले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप