शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साइलेन्ट हार्ट अट्याक अघि शरिरले दिन्छन् यस्ता संकेत, याद गर्नुहोस्

आइतबार, १३ जेठ २०७५, ०७ : ५४
आइतबार, १३ जेठ २०७५

तपाईंलाई थाहै नभई हृदयघात होला भनेर सायद तपाईंले सोच्नुभएको छैन होला । तर यस्ता हृदयघातका घटना थुप्रै छन् जसलाई साइलेन्ट हार्ट अट्याक भनिन्छ । मधुमेह रोगीलाई यसको खतरा थप हुन्छ । साइलेन्ट हार्ट अट्याकमा हार्ट फेल हुने सम्भावना अत्यधिक हुन्छ । webmd  की मेडिकल डाक्टर Brunilda Nazario ले साइलेन्ट हार्ट अट्याकका संकेत र त्यसका कारणबारे जानकारी दिएकी छिन् ।

के हो साइलेन्ट हार्ट अट्याक ?

साइलेन्ट हार्ट अट्याकलाई साइलेन्ट मायोकार्डियल इन्फ्रेक्शन भनिन्छ । यस्तो अवस्थामा कुनै व्यक्तिलाई हृदयघात हुन्छ छाती दुखेको महसुस हुँदैन र हृदयघात भएको पत्तो हुँदैन ।

साइलेन्ट हार्ट अट्याकका पाँच कारणः

– चिल्लो, बोसोयुक्त र प्रोसेस फूड खाँदा

– शारिरिक परिश्रम नगर्दा

– रक्सी र चुरोट पिउँदा

– मधुमेह र मोटोपना

– तनाव र चिन्ता

साइलेन्ट हार्ट अट्याक अघि शरिरले देखाउँछ यस्ता संकेतः

– टाउको भारी हुनु

– अचानक कमजोरी महसुस हुनु

– घाँटी, बंगारा र बायाँ हातमा पीडा महसुस हुनु

– अचानक चिसो पसिना आउनु

– सास फेर्न समस्या हुनु

– रिंगटा लाग्नु, बान्ता हुनु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप