बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

३३ किलो सुन र सनम हत्या प्रकरण : गोरेको बयान सकियो

आइतबार, १३ जेठ २०७५, १४ : २४
आइतबार, १३ जेठ २०७५

काठमाडौं – साढे ३३ किलो  सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य  आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ । मोरङ जिल्ला अदालतमा उनको बयान सकिएको हो । उनलाई बुधबार, बिहिबार र शुक्रबार र आज गरी चार  दिनसम्म बयान लिइएको थियो । 
बयान सकिएसँगै गोरेमाथि आजैदेखि नै  थुनछेक बहस सुरु हुने बताइएको छ ।  गोरेलाई गत मंगलबार काठमाडौंबाट पक्राउ गरिएको थियो ।  
माघ पहिलो साता यूएईबाट आएको साढे ३३ किलो सुन गायब र त्यसपछि सनम शाक्यको हत्या भएसँगै गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय विशेष छानबिन टोली गठन भएको थियो ।
समितिको प्रतिवेदनको आधारमा  प्रहरीका उच्च अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दायर गरिएको  थियो ।  जसमा प्रहरी उच्च अधिकारीसहित  २८ जनापूर्पक्षका लागि जेल चलान भइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप