शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठक शुरु

आइतबार, १३ जेठ २०७५, १४ : ४६
आइतबार, १३ जेठ २०७५

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै छन् । 

प्रधानमन्त्री ओलीले यही जेठ १० गते राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव गरेका थिए । छलफलका क्रममा तीन संशोधनसहित राष्ट्रियसभा सदस्यले आफ्ना धारणा राख्नुभएको थियो । त्यसैगरी अर्थमन्त्री डा.युवराज खतिवडाले आजै चालू आव २०७४/७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा, २०७४ पेश गर्नेछन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप