शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लालबाबुलाई दिएको समर्थन नेकपाले फिर्ता लियो

आइतबार, १३ जेठ २०७५, १५ : ०५
आइतबार, १३ जेठ २०७५

जनकपुर-मुख्यमन्त्री लालबाबु राउतलाई दिएको समर्थन नेकपाले फिर्ता लिएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा  उनले विवादित भाषण दिएको भन्दै नेकपाले समर्थन फिर्ता लिएको हो । 

आइतबार बसेको प्रदेश सभाको बैठकमा सबैभन्दा ठुलो दल नेपाल कम्युनिस्ट पार्टीले लालबाबुर राउत नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी दिएको हो ।

नेकपाका सांसदद्धय सत्यनारायण मण्डल र रामचन्द्र मण्डलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसदलाई दिएका हुन् । 

तत्कालीन माओवादी केन्द्रकातर्फबाट सांसद रामचन्द्र मण्डलले राउत नेतृत्वको सरकारको समर्थन फिर्ता लिइएको जानकारी दिँदै भने ‘मोदी आउँदा मुख्य प्रतिपक्षीलाई बेवास्ता गरियो । ‘सरकारले हामीलाई बेवास्ता गरेका कारण हामीले यस्तो कमद चालेका हौँ, आजैदेखि सरकारको समर्थन फिर्ता लिएका छौँ ।’

मोदी भ्रमणका बेला लालबाबुले दिएको अभिव्यक्ति विवादमा आएको थियो । 

मोदीको भ्रमणका बेला के  भनेका थिए : ‘राज्यद्वारा मधेसीमाथि जारी विभेदकारी नीति र पूर्वाग्रह एवम् विद्वेषपूर्ण मानसिकताको कारणले नै मधेसका जनता तुलनात्मक रूपले अत्यधिक गरिबी, बेरोजगारी, अभावग्रस्त, शासित एवम् उत्पीडित जीवन जिउनका लागि बाध्य छन् । मधेस विकासको मामलामा निकै पछाडि परेको हो । हाम्रो सङ्घर्ष आज पनि विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि जारी छ । हामी नेपालको अभिन्न अङ्ग हौँ तर हामी के चाहन्छौँ भने हाम्रो देशमा पनि बिना भेदभावपूर्ण, कुनै पनि जाति, वर्ग र समुदायको व्यक्ति राज्यको हरेक तह, तप्का र निकायमा उसको क्षमता र योग्यताले समावेशका लागि सहज अवसर प्राप्त होस् । जस्तो कि महामहीम तपाईं एक समान्य परिवारको हुँदाहुँदै पनि भारतको सर्वोच्च कार्यकारी पद आसिन हुनुहुन्छ । ’

प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा राष्ट्रिय मर्यादा र कुटनीतिक मर्यादा विपरीतको  अभिव्यक्ति आएको बताएका थिए । 

बैशाख ३० गते संसदमा बोल्दै प्रधानमन्त्री ओलीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नाम नलिई उनको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको बताएका थिए । 

उनले भनेका थिए–‘नेपाल सरकारको परराष्ट्र सम्बन्ध सञ्चालन गर्नेबाट यो भएको होइन । नेपाल भारतका सम्बन्धमा हाम्रो नीति स्पष्ट सम्बन्ध छँदै छ ।’ 

यही विवादकावीच सरकारले राउतको अमेरिका भ्रमण अस्वीकृत गरेको थियो ।

जेठ ६ गतको मन्त्रिपरिषद्को बैठकले ‘जनरल कन्भेन्सनल अफ मधेसी एसोसियसन इन अमेरिका भन्ने एनजिओको निम्तामा मुख्यमन्त्री राउतलाई अमेरिका पठाउन प्रदेश २ को मन्त्रिपरिषदबाट आएको प्रस्ताव अस्वीकार गरेको थियो । 

मन्त्रिपरिषद्ले गरेको निर्णयवारे सूचना प्रविधि तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भनेका थिए, ‘जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका भन्ने एनजिओको निम्तामा दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई भ्रमणमा पठाउन प्रदेश मन्त्रिपरिषद्को प्रस्ताव आएकोमा अहिले प्रदेशभित्रै आर्थिक वर्ष २०७५र७६ को  नीति, बजेट निर्माण तथा कार्यक्रम लगायतका संगठनात्मक संरचनाका महत्वपूर्ण कामहरु गर्नुपर्ने समय परेकोले जान अनुपयुक्त देखिएको टुंगो गरिएको छ।

केन्द्र सरकारले अमेरिका जानबाट रोक लगाएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भिडियो कन्फरेन्समार्फत त्यहाँ रहेका मधेशी समूदायलाई सम्बोधन गरेका छन् । अनुमति नदिएपछि उनले जनकपुरबाट शनिबार भिडियो कन्फरेन्समार्फत सम्बोधन गरेका हुन् । अरु दिनको तुलानामा निकै संयम भएर आफ्नो मन्तव्य राखेका मुख्यमन्त्री राउतले विकास, समृद्धिमा जोड दिएका थिए । 

केन्द्रीय सरकारले प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमणलाई अस्वीकृत गरेपछि राउतलाई अमेरिका आमन्त्रण गर्ने संस्था मधेसी एसोसिएशन इन अमेरिका एमएएले आपत्ति जनाएको थियो । आगामी मे २५–२६ मा अमेरिकाको न्युयोर्क सहरमा हुन लागेको एमएएको पहिलो साधरण सभाका लागि राउतलाई निम्ता गरिएको थियो ।

प्रदेश नम्बर २ का न्यायाधिवक्ता दीपेन्द्र झाले भने आफू सरकारको यो निर्णयबाट आश्चर्यचकित नभएको बताएका थिए ।  ‘यो अपेक्षित थियो । यो सरकारले माननीय मुख्यमन्त्रीज्यूलाई अमेरिका भ्रमणमा जान दिँदैन भन्ने थाहा थियो,’ झाले भनेका थिए, ‘हामीले प्रयास नै गरेनौँ भनेर आरोप नलागोस् भनेर हामीले सक्दो प्रयास गर्यौँ ।’

थप समाचार

अमेरिका जान नपाएपछि यसो गरे २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले

लालबाबु राउतको मन्तव्यप्रति भारत पनि बेखुश !

प्रधानमन्त्री ओली र मुख्यमन्त्री राउतको टसल : के होला ‘साइड इफेक्ट’ ?

प्रधानमन्त्री ओली र मुख्यमन्त्री राउतबीच अन्तरद्वन्द्वका यस्ता छन् १० शृङ्खला

‘मुख्यमन्त्रीको विदेश भ्रमण रोकेर सरकारले गल्ती गर्यो’

मुख्यमन्त्रीको अमेरिका भ्रमण रोक्नुको कारण खोज्ने प्रदेश सरकारको तयारी

मुख्यमन्त्रीको भ्रमण केन्द्रले रोक्ने अपेक्षित थियो : मुख्यमन्त्रीका सल्लाहकार

२ नम्वर प्रदेशका मुख्यमन्त्रीको अमेरिका भ्रमणमाथि केन्द्र सरकारको रोक

मोदीलाई अभिनन्दन गर्दे २ नम्वर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भने–नेपालको संविधानले विभेदकारी नीति लियो

संसदमा प्रधानमन्त्री ओली : जनकपुरमा मुख्यमन्त्रीले कुटनीतिक मर्यादा उल्लंघन गरे

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप