बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सडक मापदण्डविपरीत बनाइएका संरचना भत्काउन शुरु

आइतबार, १३ जेठ २०७५, १५ : १४
आइतबार, १३ जेठ २०७५

लहान– सिरहा नगरपालिकाले सडक मापदण्डविपरीत अव्यवस्थित रुपले नगर क्षेत्रभित्र बनाइएका घरटहरा तथा पर्खाल भत्काउन शुरु गरेको छ ।  सिरहा नगरपालिकाले वडा नं ७ हेमनारायण चोकदेखि सारस्वर जोड्ने सडक फराकिलो गर्ने क्रममा सडकको दायाँबायाँ अव्यवस्थित रुपमा निर्माण गरिएका घरटहरा तथा पर्खाल भत्काउन शुरु गरेको हो ।

सार्वजनिक सूचना जारी सडक अतिक्रमण गरी बनाइएका घरटहरा र पर्खाल हटाउन आग्रह गरिए पनि घरधनीले बेवास्ता गरेकाले डोजर लगाएर ती संरचना भत्काउन शुरु गरिएको सिरहा नगरपालिका वडा नं ७ का वडाध्यक्ष उपेन्द्र साहले जानकारी दिए । 

पहिलो चरणमा हेमनारायण चोकदेखि सारस्वर जाने सडकसम्मका सडकलाई १६ फिट चौडाइ गरी दुवैतर्फ साढे तीन फिटको नाला निर्माण गर्ने योजना रहेको वडाध्यक्ष साहले बताए । सडक विस्तार थालनी गरेसँगै मापदण्डविपरीत निर्माण गरिएका संरचना धमाधम भत्काउने क्रम शुरु भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप