बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इच्छुक सांस्कृतिक प्रतिष्ठानद्धारा पुरस्कार वितरण (फोटोफिचर)

आइतबार, १३ जेठ २०७५, १६ : २८
आइतबार, १३ जेठ २०७५

सुवास श्रेष्ठ

काठमाडौं -इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार’ मोदनाथ मरहट्टा र विनोदविक्रम केसीलाई संयुक्त रुपमा प्रदान गरेको छ ।

प्रतिष्ठानले हरेक वर्ष प्रगितवादी साहित्य र कला क्षेत्रका प्रतिभाहरूलाई पुरस्कृत गर्दै आएको छ । 

हरेक वर्ष जेठ १३ गते इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा आयोजना गरिने वार्षिक कार्यक्रम तथा सांस्कृतिक वलिदान दिवसको अवसरमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘चैतन्य’ ले पुरस्कार प्रदान गरेका हुन् । 

यस अघि नेपाली जनसांस्कृतिक आन्दोलनमा विगत चालीसको दशकदेखि निरन्तर क्रियाशील कवि मोदनाथ मरहट्टा र नेपालको जनसांस्कृतिक आन्दोलनमा उत्पीडित वर्गको संवेदनालाई कविता, निवन्ध र अनुवादका माध्यमबाट चित्रण गर्ने कथाकार विनोदविक्रम केसी लाई संयुक्त रूपमा दिइने निर्णय भएको प्रतिष्ठानले जनाएको थियो । 

शब्द र कर्मको एकत्व : कृष्ण सेन ‘इच्छुक’

त्यसैगरी साहित्यतर्फको ‘इच्छुक प्रतिभा पुरस्कार’ विगत लामो समयदेखि साहित्यलेखनमा क्रियाशील रहेर नेपाली वर्गीय आन्दोलनको संवेदनालाई कवितामार्फत् अभिव्यक्त गर्दै आएकी काठमाडौं निवासी कवि शोभा दुलाललाई दिइएको छ । 

कलातर्फको ‘इच्छुक प्रतिभा पुरस्कार’ नेपाली जनयुद्धमा गीत, संगीतका माध्यमबाट जुझारु सांस्कृतिक योद्धाको भूमिका निर्वाह गर्दै समाज रूपान्तरण अभियानमा सामाना सांस्कृतिक परिवारमा संगठित भई जनपक्षीय संस्कृतिको विकास र प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी धनकुटा हाल कालिीकोट निवासीफूलमायाँ दर्जी (प्रगति हिङमाङ)लाई दिइएको छ । 

इच्छुक स्मृति पुरस्कारको राशी एक लाख नगद र प्रमाणपत्र छ भने प्रतिभा पुरस्कार जनही पच्चिस हजार र प्रमाणपत्र  छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप