१० तस्बिरमा हेर्नुहोस् ‘नाइस इण्डियन एजुकेशन फेयर’
काठमाडौं– नेपाल र भारतको शिक्षालाई व्यावसायिक र व्यवस्थित गर्ने उद्देश्यले आजदेखि ‘नाइस इण्डियन एजुकेशन फेयर’ सुरु भएको छ ।
दरवारमार्गको होटल अन्नपूर्णमा सुरु भएको मेलामा विभिन्न उच्चस्तरका साढे २ दर्जनबढी शैक्षिक संस्थाहरुले भाग लिएका छन् ।
नेपाल इण्डिया काउन्सिल फर एजुकेशन (नाइस) का अध्यक्ष दिराज शर्माले मेलामा भारतीय शिक्षा क्षेत्रमा १० वर्ष भन्दा लामो अनुभव भएका परमार्शदाताले विद्यार्थी तथा अभिभावकलाई परामर्श दिने बताउँदै अध्यक्ष शर्माले मेलामा सहभागी शैक्षिक संस्थाहरु भारतका चर्चित संस्था रहेको र यसले कसरी गुणस्तर शिक्षा दिइरहेको छ भन्ने बारेमा पनि जानकारी दिने उद्देश्य रहेको बताए ।
भारतमा आठसय भन्दा बढी विश्वाविद्यालय र ३८ सय भन्दा बढी कलेजहरु छन् । तर कुन शैक्षिक संस्थामा के अध्ययन भइरहेका छन्, कहाँ पढ्दा उचित हुन्छ भन्ने जस्ता समस्या देखिने भएकाले त्यसकै परामर्शका लागि मेला आयोजना गरिएको उनले बताए ।
नेपालबाट वार्षिक १० हजारको हाराहारीमा नेपाली विद्यार्थी भारत पढ्न जाने गरेको बताइएको छ । सो मेला भोलिसम्म चल्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै