शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अपहरणको १ दिनपछि ६ महिलाको शव भेटियो

आइतबार, १३ जेठ २०७५, १७ : १२
आइतबार, १३ जेठ २०७५

एजेन्सी–मेक्सिकोमा अपहरणमा परेका छ जना महिलाको शव अपहरणमा परेको एक दिनपछि शनिबार भेटिएको जनाएको छ । 

तामौलिपास राज्यमा रहेको एउटा खाद्य उद्योगमा कार्यरत ती महिलालाई कार्यालय बाहिरबाट हतियारधारी व्यक्तिले गत शुक्रबार ती महिलालाई अपहरण गरेका थिए । 

महिलाहरुको शव उत्तरी राज्यको एक राजमार्ग क्षेत्रमा भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् । मेक्सिकोको राज्यमा लागूऔषध लगायतका विभिन्न मुद्दामा प्रायःनिमुखा नागरिकहरु हिंसामा पर्ने गरेका पाइएको छ । 

उक्त राज्यमा विविध क्षेत्रका तस्कर गिरोह र लागूऔषध प्रयोगकर्ताको पनि ठूलो सञ्जाल रहेको र यस्ता हिंसाबाट कैयौँ नागरिक नै प्रभावित हुनेगरेका प्रहरीको भनाइ छ । 

उक्त आपराधिक र हिंसात्मक घटनाको अनुसन्धान सुरु गरिसकिएको अधिकारीहरुले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप