शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साढे १ खर्बको वैदेशिक सहायता प्रतिबद्धता, आधा भन्दा कम प्रयोग !

आइतबार, १३ जेठ २०७५, १७ : ३३
आइतबार, १३ जेठ २०७५

काठमाडौं–नेपालले चालु आर्थिक बर्षमा (२०७४/७५) साढे १ खर्ब भन्दा बढी वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेपनि त्यसको उपयोग भने निकै न्युन देखिएको छ ।
 चालु आवको ८ महिनामा १ खर्ब ५० अर्बको प्रतिबद्धता आएपनि ५५ अर्ब रुपैयाँ मात्र उपयोग भएको अर्थमन्त्रालयले जनाएको छ । ६२ अर्ब ५ करोड वैदेशिक सहायता अनुदान र ८८ अर्ब ३३ करोड ऋणको प्रतिबद्धता आएको हो ।   
गत वर्ष २०७३/७४मा २ खर्ब ५० अर्ब वैदेशिक सहायता प्राप्त भएको थियो । पछिल्लो १० वर्षमा गत आव बाहेक प्रतयेक वर्ष कुल वैदेशिक सहायता परिचालनमा वैदेशिक ऋणको तुलनामा अनुदानको अनुपात उच्च रहँदै आएको छ । 
पछिल्लो पाँच वर्षमा वैदेशिक सहायता परिचालनमा गैर बजेट स.यन्त्रबाट परिचालन हुने विकास सहायताको हिस्सा वार्षिक औसत ३३ प्रतिशत रहेको छ ।  चालु आवको आठ महिनामा आन्तरिक ऋण १ खर्ब १९ अर्ब ८० करोड रुपैयाँ बराबर परिचालन भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप