शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ७ सरकारका सय दिनः नमूना प्रदेश बनाउने मुख्यमन्त्री भट्टको दाबी

सोमबार, १४ जेठ २०७५, १३ : ५६
सोमबार, १४ जेठ २०७५

टंक कुवर
धनगढी । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको आर्थिक बृद्धि गरी नमूना प्रदेशको रुपमा विकास गर्ने कुरामा जोड दिएका छन् । सोमबार प्रदेश सरकारको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरामा जोड दिएका हुन् । 

कार्यक्रममा बोल्दै उनले प्रदेश सरकार गठन भएको छोटो समयमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै अघि बढिरहेको बताए  । उनले कानुन, कर्मचारी र भौतिक पूर्वाधारको अभाव हुँदाहुँदै पनि त्यसको सामना गर्दै प्रदेश ७ को सम्बृद्धि र विकासका लागि प्रदेश सरकार लागिरहेको बताए । ७ नम्वर प्रदेशको एक सय दिन पुगेको अवसरमा प्रदेश सरकारले गरेका उपलब्धीहरुलाई  सार्वजनिक गर्न पाउँदा आफू खुशी भएको बताए । 

यस्ता छन् प्रदेश सरकारका सय दिनका उपलब्धी
प्रदेश सरकारको मन्त्रिपरिषदले गरेका पारित नियमावलीमा कार्य विभाजन नियमावली २०७४ कार्य सम्पादन नियमावली २०७४ र केही सार्वजनिक लिखित प्रमाणिकरण नियमावली २०७४ को निर्णय गरेको छ । त्यसैगरी प्रदेश सरकार मन्त्रिपरिषद सदस्यको आचारसंहिता २०७४ र प्रदेश श्वेतपत्रको सार्वजनिकरणको काम, कार्यविधिमा  हेलो सिएम कार्यविधि २०७५, प्रदेश संचितकोष सञ्चालन कार्यविधि २०७५, प्रदेश राजपत्रको सम्पादन तथा बेभसाइटमा प्रकाशन गर्ने सम्बन्धी कार्यविधि २०७४ को काम पनि सम्पन्न गरेको प्रदेश ७ मन्त्रिपरिषदका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिए ।

उनले हाल सहमती प्रदान गर्न स्वीकृत भएका विषयहरुमा आकस्मिक बिधेयक २०७५, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक सुविधाको व्यवस्था सम्बन्धमा विधेयकको मस्यौदा तर्जुमा गर्ने सहमति, प्रदेश विनियोजन विधेयक २०७५ तर्जुमाको सैद्धान्तिक सहमति र प्रदेश आर्थिक विधेयक २०७५ तर्जुमा गर्ने सहमतिका साथै प्रदेश कर तथा गैरकर लगाउने उठाउने सम्बन्धमा व्यवस्थ ागर्न बनेको विधेयक २०७५ तर्जुमा गर्ने सैद्धान्तिक सहमति भएको बताए ।

प्रवक्ता शाहका अनुसार प्रदेश आर्थिक कार्यविधि २०७४, विनियोजन विधेयक २०७५, प्रदेश सरकारको आ.व. २०७४।०७५ को नीति तथा कार्यक्रम, स्थानीय तहको कानुन निर्माण गर्ने प्रक्रिया सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धी विधेयक प्रदेशसभामा स्वीकृत भएका छन् ।

प्रदेश सरकारले एकसय दिन पूरा गरेको अवसरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले गरेको पत्रकार सम्मेलनमा नेपाली काँग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले प्रदेश सरकारले अपेंक्षाकृत काम गर्न नसकेको प्रतिक्रिया दिए । प्रदेश ७ को सम्बृद्धिका लागि सहयात्रीको भूमिका निर्वाह गरी जाने बताउँदै उनले प्रदेश सरकारले गरेका राम्रा कामको समर्थन र नराम्रा कामको विरोध गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप