मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ७ का 'गरिब' मुख्यमन्त्रीका धनी मन्त्रीहरु ! (सम्पत्ति विवरणसहित)

मङ्गलबार, १५ जेठ २०७५, १२ : ३२
मङ्गलबार, १५ जेठ २०७५

टंक कुँवर

धनगढी – प्रदेश नम्बर ७ प्रदेश मुख्यमन्त्रीसहित मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद गठनको एक सय दिन पुगेको अवसरमा मुख्यमन्त्री त्रिलोचन भट्टसहित प्रदेशका मन्त्रीहरूले आज सम्त्तिी विवरण सार्वजनिक गरेका हुन् । 

सम्पत्ति विवरणमा प्रदेश सातका मुख्यमन्त्री त्रिलोचन भट्ट सबैभन्दा ‘गरीब’ देखिएका छन् । उनको सम्पत्ति विवरणमा बैंक मौज्दात ७० हजार, एक तोला सुन, १५ तोला चाँदी, एक गाई, एउटा मोबाइल र एउटा हातेघडी रहेको उल्लेख गरिएको छ । भट्टको वित्तीय ऋण एक लाख ४० हजार र व्यक्तिगत ऋण दुई लाख रहेको उल्लेख छ ।

तर, मन्त्रीहरु प्रकाश बहादुर शाह, दीर्घ बहादुर सोडारी, पठान सिंह वोहरा, झपट वहादुर बोहरा, माया भट्ट र विनिता चौधरीको सम्पत्ती विवरण हेर्दा आर्थिक रुपमा  सबल देखिन्छन् । सम्पत्ति विवरण अनुसार आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहको सुखनमात्रै ५२ तोला रहेको छ ।  यस्तै आर्थिक मामिला तथा योजना मन्त्री झपट वहादुर बोहराको ४० तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । 

मुख्यमन्त्री त्रिलोचन भट्टसहित प्रदेशका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरण यस्तो छः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप