शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुख्यमन्त्रीको पहलमा सुर्खेतबाट कर्णालीका दुर्गम जिल्लामा हवाई सेवा शुरु हुने

मङ्गलबार, १५ जेठ २०७५, १६ : ०९
मङ्गलबार, १५ जेठ २०७५

सुर्खेत– कर्णाली प्रदेशका विकट जिल्ला जुम्ला, हुम्ला, मुगु र डोल्पामा सीता एयरले राजधानी सुर्खेतवाट हवाई सेवा शुरु गर्ने भएको छ ।  सीता एयरले असार १५ देखि प्रदेश राजधानी सुर्खेतवाट हवाई सेवा शुरु गर्ने प्रतिबद्धता जनाएको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा मंगलवार मुख्यमन्त्री कार्यालयमा भएको छलफलपछि उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयका उपसचिव वेसिन्दराज सुवेदी र सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले हवाईसेवा संचालन सम्वन्धि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं वुढा र सीता एअरका प्रवन्ध निर्देशक राजेन्द्रवहादुर सिंह प्रमुख बजार व्यवस्थापक रिजेश थापा उपस्थिति रहेका थिए ।
प्रतिबद्धता पत्रमा कर्णाली प्रदेशमा पर्यटन र हवाई यातायात सेवाको अभिवृद्धि गर्न प्रदेश राजधानीवाट जिल्ला सदरमुकामहरुमा रहेका विमानस्थलमा डोर्निएर २२८ को जहाजवाट उडान गर्ने उल्लेख गरिएको छ । सीता एयरले यसअघि नेपालगंजवाट हवाई सेवा सञ्चालन गरिरहेको थियो । 

प्रदेश राजधानी सुर्खेतवाट सिधै हवाई यातायात संचालन भएपछि दुर्गम जिल्लाका नागरिकहरुलाई नेपालगञ्ज पुगेर सुर्खेत आउनुपर्ने समस्यावाट राहात मिल्ने भएको छ ।  यसअघि कर्णाली प्रदेशका डोल्पा, जुम्ला, मुगु र हुम्ला जिल्लाका नागरिकहरुले हवाई सेवाको प्रयोग गरि सुर्खेत आवागमण गर्दा नेपालगंजदेखि सुर्खेत सम्म ३ घण्टाको सडक यातायात प्रयोग गर्नुपर्ने अवस्था रहेको थियो । प्रदेश राजधानी सुर्खेतवाट सिधै यात्रा गर्दा भाडादर पनि सस्तो पर्ने सीता एयरका बरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप