बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट अपेडेट :पर्यटन क्षेत्रका लागि ५ अर्व २० करोड ३४ लाख विनियोजन

मङ्गलबार, १५ जेठ २०७५, १६ : ५८
मङ्गलबार, १५ जेठ २०७५

काठमाडौँ । सरकारले पर्यटन प्रवद्धन तथा विस्तार गर्न ५ अर्व २० करोड ३४ लाख रुपैयाँ छुट्याएको छ ।  

त्यस्तै आगामी वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ भने सन् २०२० मा भिजिट नेपाल अभियान चलाउने अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । 

त्यसै गरी बाह्रै मास पर्यटन आउने व्यवस्था गर्न होटल, रेष्टुरेन्ट व्यवस्थित गराउने तथा पर्यटन क्षेत्रको सुचना व्यवस्थित गरेको सरकारले जनाएको छ । 

पर्यटक उदारको भरपर्दो व्यवस्था मिलाउने योजना बनाएको बजेटमा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप