शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीदरबार गाउँपालिकाको निर्णयः वडाध्यक्षलाई फोनदेखि मोटरसाईकलसम्म खरिद

आइतबार, २० जेठ २०७५, १९ : १६
आइतबार, २० जेठ २०७५

प्रेम सुनार

गुल्मी– गुल्मी दरबार गाउँपालिकाले वडा अध्यक्षदेखि  गाउँ कार्यपालिकाका सदस्यलाई मोवाईलदेखि  मोटरसाईकल सम्मको सुविधा उपलब्ध गराउँदै आएको छ । गुल्मी दरबार गाउँपालिकाका ७ वटै वडाध्यक्षहरुलाई  एक–एकवटा मोटरसाईकल र मोवाईल फोन सुविधा उनीहरुको दैनिक व्यस्ततालाई ध्यानमा राखी खरिद गरिएको गाउँपालिका प्रमुख अशोककुमार थापाले बताए । 

गाउँपालिकाका लेखापाल केशव पन्थीका अनुसार तम्घासको सगरमाथा अटोमोवाईल्स स्वरुमबाट बजाज कम्पनीका मोटरसाईकल २ लाख ३५ हजार ९ सय रुपैयाँका दरले १० वटा खरिद गरिएको छ । त्यस्तै प्रतिमोवाईल १३ हजार २ सय १० मूल्यका दरले वडाध्यक्षसहित १३ जना  गाउँ कार्यसमिति सदस्यलाई मोवाईल खरिद समेत गरेर दिइएको छ ।

 गाउँपालिका प्रमुख,उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु भने मासिक १ लाख १० हजार भाडाको गाडी चढ्ने गरेका छन् ।  गत असार मसान्तदेखि फागुन सम्म ४ लाख ४१ हजार ६ सय ७ रुपैयाँको ईन्धन खर्च उठेको लेखापाल पन्थीले बताए ।

त्यस्तै बैठक भत्ता  ६ महिनाको अन्तरालमा १५ लाख ६७ हजार ५ सय रुपैयाँ खर्च भइसकेको जानकारी उनले दिए । चैत्र ९ गते पत्रिकामा सार्वजनिक सुचना प्रकाशित गरी मोटरसाईकल खरिद गरिएको जानकारी त्यस कार्यालयका सुचना तथा प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिए ।


    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप