मेरिल्याण्ड चित्रकला प्रतियोगितामा राजेन्द्र केसी प्रथम
विजय थापा
वाशिंगटन डिसी- एक दशक देखि डिसी क्षेत्रमा बस्दै आएका चित्रकार राजेन्द्र केसी द्वारा प्रस्तुत गरिएको चित्रकलाले प्रथम स्थान हासिल गरेको छ । उनले अमेरिकाको मेरिल्याण्ड राज्यको पर्यटक तथा पुरानो चर्चित शहर एनापोलिसमा भएको चित्रकला प्रदर्शनमा पहिलो स्थान हासिल गरेका हुन् ।
उनले उक्त प्रतियोगितामा दर्जनौ कलाकारहरुले बनाएका प्रदर्शित चित्रलाई हेर्न आएका दर्शक तथा निर्णायकहरुले केसीका चित्रलाई मतदान गरि उनि प्रथम स्थान हासिल गर्दै $ ५ सय डलर नगद तथा सम्मान स्वरुप पुरस्कार प्राप्त गरेका छन् l
निर्णायकहरुले निश्चित तोकेको समय भित्र उनले दृश्य चित्र बनाएर नेपालीको नाम उच्च राखन सफल भएका छन । उनि एक मात्र नेपाली चित्रकार (कलाकार ) सहभागी रहेका थिए । यसको साथै उनले बनाएको चित्र तुरुन्तै बिक्रि पनि भएको केसीले बताए ।
डिसी क्षेत्रमा रहने केसीले विभिन्न पुरस्कार पाई रहने गर्दछन । काठमाडौँ जावलाखेल घर भै झन्डै १० बर्ष अगाडी सपरिवार अमेरिका आएका केसीले प्रारम्भिक चरणमा नेपालबाट अमेरिका आउदा आफु भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्न नपाउदा उकुस मुकुस भएको बताए l
अमेरिकाका स्थानीय बिदेशी कलाकारहरु संग हातेमालो गरे पछि आफु पनि बिदेशीसंग अगाडी बढ्न मार्ग खुलेकोले केसी बताउद्छन । यसको साथै अमेरिकामा आफ्नो प्रतिभा प्रस्फुटन गर्न पाएकोमा केसी दंग छन् ।
सन् १९९६ देखि नै ब्यबसायिक चित्रकारिता पेशामा संलग्न भएका केसी अमेरिकामा नेपाली मूलका कलाकार जम्दै छन् l
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा