शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कम्प्युटर एशोसियसनको छात्रबृति कार्यक्रम, यस बर्ष ४९ विद्यार्थीहरुलाई छात्रबृद्धि

सोमबार, २१ जेठ २०७५, १६ : ३३
सोमबार, २१ जेठ २०७५

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्नेे कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षा तर्फ यस बर्ष देखि छात्रबृतिको शुरुवात गरेको छ । राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरीव, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रबृद्धि प्रदान गर्न लागिएको महासंघले जनाएको छ ।

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसंगको सहकार्यमा यस बर्ष ४९ जना विद्यार्थीहरुलाई छात्रबृद्धि प्रदान गर्ने महासंघले बताएको छ । छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी सहमती पत्रमा क्यान महासंघका अध्यक्ष हेमन्त चौरसिया र लर्ड बुद्ध एजुकेशन फाउण्डेसनका तर्फबाट फाउन्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् ।

‘नेसनल आईसीटी स्कलरसिप– २०७५’ नाम दिई देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रबृति र बांकी ४२ जनालाई आंसिक छात्रबृति प्रदान गर्ने महासंघले बतायो । ग्रामिण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरीकमा यसको पहुँच पु¥याउनमा यस कार्यले टेवा पुग्ने विश्वास महासंघको छ । 

फिमेल मेरिट आईसीटी स्कलरसिप प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई प्रदान गरिनेछ । सम्झौताअनुसार ४९ जना विद्यार्थीले एक करोड ८३ लाख ३६ हजार पाँच सय रुपैयाँबराबरको छात्रवृत्ति पाउनेछन् ।

छात्रबृति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको एफिलेसनमा सञ्चालीत लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्र्तगत वि एस सी आईटी को अध्ययन गर्न पाउने छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप