शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्रिकेटर सन्दीप लामिछानेलाई सम्मान

सोमबार, २१ जेठ २०७५, १९ : १४
सोमबार, २१ जेठ २०७५

काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेलाई मेरोलगानी डट कमले सम्मान गरेको छ ।  सोमबार मेरो लगानीको कार्यलयमा अयोजित एक कार्यक्रममा क्रिकेटर लामिछानेलाई नगद ५० हजार र सम्मान पत्रसहित अभिनन्दन गरिएको हो ।  मेरो लगानी डट कमका प्रमुख कार्यकारी अधिकृत अतितलाल श्रेष्ठ र सम्पादक राजेन्द्र खनालले संयुक्त रूपमा लामिछानेलाई सम्मान प्रदान गरेका हुन् ।

सबै नेपालीलाई एकताको सुत्रमा बाँध्ने क्रिकेट खेलमा लामिछानेले पाएको पछिल्लो अवसरलाई प्रोत्साहन गर्न सम्मान गरिएको मेरोलागानीका सम्पादक राजेन्द्र खनालले बताए ।  सन्दीपको अवसरबाट देशमा अझै धेरै सन्दीपहरू जन्मिउन भन्ने प्रेरणाका लागि सम्मान तथा प्रोत्साहन गरिएको उनको भनाई थियो । सम्मान ग्रहणपछि लामिछानेले मेरो लागानीको सम्मानले उत्साहित र जिम्मेवारी बढेको भन्दै क्रिकेटलाई माया गरेकोमा धन्यवाद ज्ञापन गरे । 

मेरो लगानीले आफूलाई जस्तै सम्मान र प्रोत्साहन अन्य क्रिकेटरलाई पनि गर्दै जाओस् भन्दै लामिछानेले आफूले देशका लागि क्रिकेट खेलेको बताए । आईपीएल, क्यारेबियन लिग (सीपीएल) र क्यानडाको ग्लोबल टी–ट्वान्टी क्रिकट लिगमा अनुबन्धन हुने पहिलो नेपाली खेलाडी हुन् । केही दिनअघि मात्रै सम्पन्न आईपीएलमा सन्दीपले ३ खेल खेल्न पाएका थिए ।

दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीपले ५ विकेट लिएका थिए । रोयल च्यालेन्जर्स बेंग्लोर विरुद्ध ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिएका थिए । त्यस्तै, चेन्नाई सुपर किंग्स विरुद्ध ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिएका थिए । अन्तिम खेलमा मुम्बई इन्डियन्स विरुद्ध उत्कृष्ट बलिङ गर्दै ३६ रन खर्चेर ३ विकेट लिएका थिए । 

सन्दीपले यसै साता विश्व ११ टोलिको तर्फबाट लडर्समा वेस्टिन्डिज बिरूद्ध विश्व चर्चित खेलाडिहरूसंग अन्तराष्ट्रिय टी–२० खेल खेल्ने मौका पाएका थिए ।  आइतबार मात्रै लामिछानेले ग्लोबल टी–२० क्यानडा क्रिकेट लिग खेल्ने पक्का भएको  थियो । झण्डै  ४० हजार डलरमा सन्दीप उक्त प्रतियोगिताका लागि अनुबन्धन भएको बताइएको छ ।

मोन्ट्रिइल टाइगर्स टीममा सन्दीपसंगै श्रीलंकाका तीव्र बलर लासिथ मालिङ्गा ,वेस्ट(इन्डिजका सुनील नारिन, श्रीलंकाका थिसारा पेरेरा, पाकिस्तानका मोहम्मद हाफिज, वेस्ट–इन्डिजका दिनेश रामदिन, जिम्बावेका सिकन्दर राजालगायत विश्वस्तरीय खेलाडी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप