बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

४० करोडको आइपीओ निष्कासन गर्दै डिस होम

बुधबार, २८ असार २०७४, ११ : ००
बुधबार, २८ असार २०७४

काठमाडौं–डिस होम (टेलिभिजन प्रदायक कम्पनी) ले ४० करोड रुपैयाँ बरावरको सार्वजनिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । अहिले २ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कम्पनले त्यसको २० प्रतिशत आइपीओ निष्कासन गर्ने जनाएको हो । 


यो कम्पनीमा ५३ प्रतिशत स्वदेशी र ४७ प्रतिशत विदेशी लगानी रहेको छ । सूचना प्रविधी क्षेत्रको पहिलो पब्लिक कम्पनी डिस होम गत असार १८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट कम्पनीवाट पब्लिक कम्पनीमा दर्ता भएको हो । 


कम्पनीले यस अघिनै धितापत्र वोर्डवाट आइपीओ जारी गर्न स्वीकृती लिएको जनाइएको छ । यो स्याटलाइट माध्यमवाट च्यानल डाइरेक्ट टू होम (डीटीएच) प्रणालीमा टेलिभिजन सेवा प्रदायक कम्पनी हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप