बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारत्तोलनका स्वर्णपदक विजेता कार्की नेपाल जाँदै

मङ्गलबार, २२ जेठ २०७५, ११ : २०
मङ्गलबार, २२ जेठ २०७५

वाशिंगटन डिसी–अमेरिकाको डिसीमा बस्दै आएका आइपीएल(भारत्तोलन)का स्वर्ण पदक बिजेता रुप कार्की भारत्तोलनको प्रशिक्षण दिन नेपाल जाने भएका छन् ।

आगामी जुन ११ तारिख अमेरिकाबाट नेपाल उड्ने कार्की जुन १३ तारिखमा नेपाल पुग्ने कार्यक्रम रहेको छ । कार्कीले काठमाडौँ ,पोखरा ,धरान ,बुटवल लगायत शहरमा भारत्तोलन सम्बन्धि बिशेष प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

कार्की गैरआवसीय नेपाली संघ अमेरिकाको खेलकुद समितिका सदस्य पनि हुन् । कार्कीले गत बर्ष नोभेम्बर १९ तारिख एटलान्टा आईपीएल ,इन्टरनेसनल पावर लिफ्टइङ्ग प्रतियोगिता( अन्तर राष्ट्रिय भारत्तोलन प्रतियोगितामा )आफ्नो तौल समूहमा स्वर्ण पदक जितेर नेपालको नाम बिश्वमा फैलाएका थिए । उनले कुल १४ सय पाउण्ड उठाई स्वर्ण पदक प्राप्त गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप