बाटो मर्मत नहुँदा अस्पताल आउने विरामीलाई सास्ती
बुधबार, २८ असार २०७४, ११ : ३३
जाजरकोट - बाटो मर्मत हुन नसक्दा बिरामीलाई बोकेर आउने एम्बुलेन्ससमेत जिल्ला अस्पतालमा आउन सकेको छैन् ।
विगत एक महिनादेखि भत्किएको उक्त बाटोे मर्मत हुन नसक्दा उपचारका लागि जिल्ला अस्पताल आउने बिरामीलाई करिब चार सय मिटर टाढा नै ओर्लिएर हिड्नुपर्ने बाध्यता रहेको छ ।
उपचारका लागि आउने बिरामी, औषधि र अन्य सामग्रीलाई मानिसले बोकेर अस्पताल परिसरसम्म ल्याउँदा चर्को मूल्य तिर्नुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका सुब्बा लमबहादुर खड्काले बताउनुभयो ।
तीन वर्षअघि खलङ्गा रिम्ना सडकअन्र्तगत पर्ने उक्त सडकसँग जोडेर बैकल्पिक बाटो निर्माण गरे पनि अहिले त्यो पनि सञ्चालनमा आउन सकेको छैन् ।
अहिले दैनिक बिरामी बोकेर अस्पताल ल्याउने गरिँदै आएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान