शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीलाई धम्कीपछि अर्जेन्टिना र इजरायलबीचको खेल रद्द

बुधबार, २३ जेठ २०७५, १० : ०७
बुधबार, २३ जेठ २०७५

जेरुसेलम । व्यापक विरोधपछि जेरुसेलममा हुने भनिएको अर्जेन्टिना र इजरायलबीचको खेल रद्द गरिएको इजरायली दूतावसले जनाएको छ ।

मंगलबार यो समाचार बाहरि आएपछि प्यालेस्टिनी फुटबल एसोसिएसनले खुसियाली मानाएको थियो ।

यसअघि, प्यालेस्टिनी फुटबल एसोसिएसनका प्रमुख जिब्रिल राजोउबले फुटबल समर्थकहरुलाई लियोनेल मेस्सीको टि–सर्ट जलाउन अपिल गरेका थिए ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै विश्वकपको वार्मअप खेलका रुपमा शनिबार जुन ९ मा आयोजना हुने खेल रद्द गरिएको बताएको छ ।

प्यालेस्टाइनी बालबालिकाको मेस्सीलाई चिठ्ठीः तपाईं हाम्रो पूर्वजको चिहानमा खेल्न आउनुभएको छ

यसमा स्टार खेलाडी लियोनेल मेस्सीमाथि गरिएको टिप्पणी र धम्कीपछि यो खेल रद्द गरेको जनाएको छ ।

अर्जेन्टिनाका गोन्जालो हिग्वाइनले पनि खेलाडीको सुरक्षा प्रमुख कुरा भएको बताएका छन् ।

‘मलाई लाग्छ अन्त्यमा सही कुरा गरियो,’ हिग्वाइनले भने ।

अब अर्जेन्टिनाले समूह डीमा जुन १६ मा आइसल्याण्डको सामना गर्दै विश्वकपको यात्राको शुरुवात गर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप