के यसकारण करियसले च्याम्पियन्स लिगको फाइनलमा गल्ती गरेका थिए ?
लण्डन । च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल हार्नुका थुप्रै कारणहरु थिए, त्यसमा प्रमुख थियो गोलकिपर लोरिस करियसका दुई गल्ती ।
उनले हानेको बल करिम बेन्जेमाको खुट्टामा लाग्दै गोल भयो भने गेराथ बेलको लामो दुरीको प्रहारलाई रोक्न नसक्दा अर्को गोल भएको थियो ।
अहिले आएर उनले त्यस्तो गल्ती किन गरे भन्ने खुलासा भएको छ, डाक्टरहरुको दाबीलाई मान्ने हो भने ।
फाइनलको ५ दिनपछि बोस्टनमा गरिएको स्वास्थ्य परिक्षणमा २४ वर्षीय जर्मन गोलकिपरको मस्तिष्कमा चोट लागेको पाइएको छ ।
मोहमद शालाहलाई लडाएर घाइते बनाएको भन्दै धेरै लिभरपुल समर्थकको नजरमा नम्बर १ दुश्मन बनिसकेका सर्जियो रामोश खेलका दौरान करियससँग ठोक्किएका थिए । जसबाट उनको मस्तिष्कमा चोट लागेको डाक्टरहरुको भनाई छ ।
त्यसको लगत्तै उनले पहिलो गल्ती गरेका थिए ।
अब प्रश्न आउँछ, मस्तिष्कमा चोटका बावजुद कसरी करियसले पूरा खेल खेले र के यसले उनको खेलमा असर गर्यो ?
म्यासेचुसेट्स जनरल हस्पिटलका डाक्टरहरुको टोलीले चोटका कारण उनको खेलमा असर गर्ने सम्भावना रहेको बताएका छन् । यसमा एनएफएलका टाउकोको चोटसम्बन्धि विशेषज्ञ डा. रोस जाफोन्ते पनि रहेका छन् ।
जाफोन्तेका अनुसार करियस ‘भिजुअल स्पाटियल डिस्फङ्सन’ बाट पीडित बनेका थिए जसको कारण उनको मस्तिष्कले हावामा रहेका वस्तुहरुको दृश्यलाई सही तरिकाले ठम्याउन असमर्थ थिए ।
खेलका दौरान करियसमा यस चोटबारे कुनै लक्षण नदेखिनु कुनै अनौठो कुरा नभएको बेलयातका न्युरोसर्जन डा. विली स्टेवार्ट बताउँछन् । मानिसहरु ‘कन्कसन’ पछि लड्खडेर हिँड्ने वा बेहोस् हुने गर्छन् भन्ने सोँच छ । त्यही कारणले मैदानमा रहेका डाक्टरहरुले त्यो संकेतहरु नदेख्नु सामान्य भएको उनले बताए ।
‘कहिलेकाहीँ कन्कसनको लक्षण देखा पर्न घण्टौँ वा दिन पनि लाग्न सक्छ,’ डा. विलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु