शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विदेशी पर्यटकमाथि यसरी हुन्छ योजनाबद्ध रुपमा ठगी

बिहीबार, २४ जेठ २०७५, ०८ : २१
बिहीबार, २४ जेठ २०७५

काठमाडौं–पर्वतारोहणमा  जाने विदेशी पर्यटकलाई जरबजस्ती बिरामी बनाएर बीमा भुक्तानी गराई हुने गरेको ठगी योजनबाद्ध रुपमा हुने गरेको पाइएको छ । 

राजधानीको ठमेलमा सञ्चालिन फ्लाइट कनेक्सन इन्टरनेशनले योजनाबद्ध ढंगले विदेशी पर्यटकलाई ठगी गर्ने गरेको पाइएको हो । फ्लाइट कनेक्सन इन्टरनेशनका सञ्चालक श्याम सुन्दर पाण्डेले आफ्नै लगानीको एयर डाइनेस्टी हेलिकप्टर र क्वाइन इन्टरनेशनल अस्पतालको दुरुपयोग गरी विदेशी पर्यटकमाथि ठगी गरिरहेको स्रोतको दाबी छ । 

स्रोतका अनुसार उनले विदेशी पर्यटकहरु नेपाल भित्रिएलगत्तै पर्वतारोहणमा आफ्नो गाइडलाई साथ लगाएर पुग्दै नपुगेको ठाउँमा पुगेको भनि बिरामी भएको बहानामा हेलिकप्टरमार्फत उद्दार गर्ने र  आफैं सन्चालक रहेको स्वाकन इन्टरनेशनल अस्पतालमा भर्ना गराई उद्दार र उपचारको नाममा फर्जी बिल बनाएर बीमा भुक्तानी लिँदै आएका छन् । पर्यतारोहण अवधिका लागि  विदेशी पर्यटकले बीमा गरेका हुन्छन् । 

ट्रेकिङ व्यवसायी भनिए पनि  कँडेलको एकै घरमा विभिन्न नाममा कार्यालय सञ्चालन गर्दै आएका छन् ।   विदेशीलाई नकक्ली बिल बनाएर रकम असुल्ने उनको कम्पनीले  राज्यलाई तिर्नुपर्ने कर भने छली गर्ने गरेको सोहि ट्राभल्स एजेन्सीमा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा रातोपाटीलाई बताए । 

पर्यटकहरुलाई लेक लाग्ने लगायतका स्वास्थ्य समस्या तथा अन्य विपतको उद्धारको नाममा ठगी गरेर कमाएको पैसाले पाण्डेले आफ्नै आर्थिक हैसियतमै कायापलट गरेका छन् ।  

पर्यटकयसैबीच कँडेलले  भने राज्य र कानून भन्दा माथि कोहि पनि नभएको बताएका छन् । उनले आफूले राज्यको कानून र परिधिभित्र रहेर सञ्चालन गरेको भन्दै तोकिएकै मापदण्डअनुसार व्यवसाय गरिरहेको बताए ।   

संकृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र  अधिकारीले ट्रेकिङ व्यवसायीको बदमासीका कारण देशकै बद्नाम हुने अवस्था आउन खोजेको भन्दै  यस्ता  कम्पनीहरुमाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउने बताउँदै आएका छन् ।

 

कारबाही प्रक्रिया अघि बढाउन मन्त्रालयले सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिसकेको छ ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य र टानका वर्तमान र पूर्व कार्यसमितिका केही पदाधिकारी समेत यस्तो धन्दामा संलग्न रहेको बताइएको छ । 

ट्रेकिङ व्यवसायमा ‘कालो धन्दा’ :  विदेशीलाई बिरामी बनाएर रकम असुली !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप