आठौँ राष्ट्रिय खेलकुदको तयारी ४० प्रतिशत
बिहीबार, २४ जेठ २०७५, ०९ : ०८
बाँके - आगामी मंसिरमा नेपालगञ्जमा हुने ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५’ को तयारी शुरु भएको छ ।
सो प्रतियोगितालाई लक्षित गरी यति बेला भौतिक पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन् । प्रतियोगितालाई सहयोग र लक्षित गरी विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने क्रम पनि बढेको छ ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अनुसार अहिलेसम्म विकास निर्माणको झण्डै ४० प्रतिशत सम्पन्न भइसकेको छ । नेपालगञ्ज रंगशालालाई अत्याधुनिक बनाउने काम भइरहेको छ ।
त्यसका लागि प्यारापिट बनाउने, ट्रयाक सम्याउने, अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी बनाउने, भारोत्तोलन एकेडेमी बनाउने, जिल्लाको सीतापुरमा भलिबलको स्टेडियम र सुटिङ रेन्ज र कभर्डहल बनाउने काम भइरहेको समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै