बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विषालु सर्पले डस्योः महिलाले त्यसलाई समातेर आफूसँगै अस्पताल पुर्याइन्

बिहीबार, २४ जेठ २०७५, १० : ३२
बिहीबार, २४ जेठ २०७५

भारतको उत्तर प्रदेशस्थित बहराइचमा एक महिलालाई सर्पले टोक्यो । सर्पले टोकेको घटना रोचक त पक्कै होइन तर त्यसपछि उनले जुन तरिका अपनाइन् त्यो भने पक्कै रोचक छ ।

भारतीय संचार माध्यमका अनुसार शौचालय जाने क्रममा टोकेको सर्पलाई उनले लठ्ठी र आफ्नो साडीको मद्दतले समातिन् र एउटा डिब्बामा हालेर बन्द गरिन् । त्यसपछि उपचारका लागि अस्पताल जाँदा सर्पलाई पनि सँगै लगिन् ।

स्रोतका अनुसार अमिरकला मंगलबार राती शौचका लागि खेततर्फ जाँदै थिइन् । त्यति नै बेला उनलाई एक विषालु सर्पले डस्यो । उनले सर्पलाई देख्ने बित्तिकै चिच्याइन् र लठ्ठी र साडीको मद्दतले त्यसलाई समात्न सफल भइन् । ठूलो आवाज सुनेर त्यहाँ पुगेका अन्य व्यक्तिलाई उनले घटनाबारे जानकारी दिँदै गर्दा उनले सर्पलाई एउटा डिब्बामा राखेर बन्द गरिन् ।

त्यहाँ उपस्थित अन्य व्यक्तिले उनलाई तत्काल अस्पताल पुर्याए । अस्पतालमा महिलाले सर्पलाई पनि सँगै लगिन् ।

डाक्टरका अनुसार अहिले उनको स्थिती खतरामुक्त छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप