शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डेढ करोड ठग्नेलाई कारबाही खोई ?

बिहीबार, २४ जेठ २०७५, १७ : ३०
बिहीबार, २४ जेठ २०७५

काठमाडौं– एक करोड ४९ लाख ५० हजार रुपैयाँ ठगीको आरोपमा फरार रहेका गोरखाका जीवन गुरुङ र लमजुङकी सञ्चिता गुरुङलाई पक्राउ गरि तत्काल कारबाही गर्न पीडितहरुले सरकारसँग माग गरेका छन् । 
बिहीबार पीडितहरु यमबहादुर गुरुङ, मिलन गुरुङ, लक्ष्य गुरुङ लगायतले काठमाडौमा पत्रकार सम्मेलन गरेर आफूहरुलाई हङ्कङ लैजाने भनेर ठगिएको भन्दै सरकारसँग गुहार मागेका हुन् । 

२०७२ सालमा यमबहादुर गुरुङसहित २७ जनासँग ७ लाख, ८ लाख र १० लाख दरले मोटो रकम उठाएर फरार भएको बताउँदै पीडितहरुले राज्यले आफ्नो समस्यालाई चासो नदिएको गुनासो गरे । 

पीडित मध्येका यमबहादुर गुरुङले भने,‘लम्जुङ जिल्ला दोर्दी गाउँपालिका वडा नम्बर ९ घर भएकी सञ्चिता गुरुङले हामीलाई हङ्कङ लैजान्छु भनेर मोटो रकम उठाईन, त्यसपछि हामीलाई भारतको दिल्लीमा लगे र त्यहाँ गोरखा घर भएका जीवन गुरुङ हामीलाई पिकअप गर्न आए, हामीलाई होटेलमा राखियो, मैले आफ्नो बारेमा बुझ्न खोज्दा धम्किपूर्ण कुराहरु आयो र हामीले प्राप्त गरेका कागजहरु हेर्दा शंका लागेर मैले आवाज उठाए तर अरु केही साथीहरुले जीवन गुरुङकै कुरा सुने, आखिर पछि हामी २७ जना नै विचलित हुनबाट जोगिएर नेपाल फर्कियौं, सञ्चिता र सुमन रनपाल झापाबाट फरार भए, जीवन गुरुङ दिल्लीबाटै फरार भए ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप