बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बारेकोटमा भेटियो नून खानी

शुक्रबार, २५ जेठ २०७५, १२ : ५०
शुक्रबार, २५ जेठ २०७५

जाजरकोट–  जिल्लाको बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नून खानीको सम्भाव्यता देखा परेको छ ।  खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नूनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले जानकारी दिए । 

खोलाको एक लिटर पानी लिएर ल्याब परीक्षण गराउँदा पानीमा ९० प्रतिशत नूनको मात्रा रहेको तथ्य फेला परेको सांसद सिंहले बताए । खाराखोलाको पानी लिएर वाटर इन्जिनियरिङ एण्ड ट्रेनिङ सेन्टर काठमाडौंमा परीक्षण गरिएको थियो । 

खानी तथा भू–गर्भ विभागका महानिर्देशक राजेश खनालले ल्याब परीक्षण गर्दा राम्रो नतिजा आएको बताए । उनले भने, “केही दिनमै नून खानीको स्थलगत अध्ययनका लागि टोली पठाउनेछु । म सानै हुँदा बारेकोटमा नून खानी रहेको बुढापाकाले पनि बताउने गरेका थिए ।” 

बारेकोटमा नून निकाल्न सके देशलाई नूनमा आत्मनिर्भर बनाउन सकिने उनको विश्वास छ । खोलामा धेरै ठूलो पानी नभए पनि निरन्तर बगिरहने पानीबाट धेरै नून उत्पादन गर्न सकिने उनले बताए । उनले भने, “यो खानीलाई विस्तृत अध्ययन गरी परियोजना अघि बढाउन सरकारको ध्यान जानु आवश्यक छ । 

सिंहका अनुसार बारेकोटमा नून खानीमात्र होइन र फलाम खानीसमेत छ । नून र फलाम खानीको सम्भाव्यता अध्ययनका लागि खानी तथा भूगर्भ विभागलाई अनुरोध गरिएको र स्थानीय सरकारले त्यसका लागि आवश्यक सहयोग गर्नका लागि वचन दिएको उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप