शैक्षिक अतिथि व्याख्यान श्रृंखलाः टिम गोचरको लेक्चर
काठमाडौं । डोल्पा प्रभाव फाउण्डेसन अध्यक्ष र संस्थापक टिम गोचरले बीबीए विद्यार्थीहरूलाई अन्तराष्ट्रिय र स्थानीय स्तरमा व्यवसायमा देखिने विकास र चुनौतीहरूका बारेमा जानकारी गराएका छन् । ब्रिटिश कलेजको निमन्त्रणामा शैक्षिक अतिथि लेक्चर श्रृंखलाका लागि आएका गोचरले विद्यार्थीहरुलाई नेपालमा निर्माण कम्पनीको दौडलाई अन्तराष्ट्रिय स्तरमा रहेका प्रक्रियागत तत्वहरुलाई औलाउने काम भएको थियो ।
गोचरले एक सतत निर्माण कम्पनी स्थापना गर्ने आवश्यकताको आधारभूत पक्षलाई हाइलाइट गर्न उत्प्रेरित गरेका थिए । जसमा कच्चा माल, खरिद गर्ने उपकरणहरू, कुशल श्रमिकहरुलाई रोजगारी र एक उपयुक्त कार्यक्षेत्र प्राप्त गर्ने जस्ता तत्वहरु रहेका हुन्छन् । यसबाहेक, गोचरले व्यापारका विभिन्न चरणहरूमा रकम प्राप्त गर्न विभिन्न तरिकामा वर्णन पनि गरे । उनले गरीबी उन्मूलन र सम्पत्ति व्यावसायीकरणको लागि, साथ साथै प्रौद्योगिकी क्लस्टरहरूको विकासका लागि व्यावसायिक पूंजीको प्रयोगलाई जोड दिए ।
‘द डोल्पा फाउण्डेसन’ एक ब्रिटिश गैर–लाभकारी संगठन हो र गोचरद्वारा सन् २००३ मा संस्थापन गरिएको थियो । यो संस्था नेपालका गरीब बच्चाहरुको शिक्षाको लागि पूर्ण छात्रवृत्ति प्रदान गर्नुका साथै विकासशील सामुदायिक परियोजनाहरुमा काम गर्दै आइरहेको छ । गोचरले बैंकिंङ लगानी र शहरी विकासको साथै ऊर्जा, प्रविधि र रियल स्टेट क्षेत्रको विशेष ज्ञान सहितको पृष्ठभूमि रहेको संस्था हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगर : ४ वडाका ९२२ जना महिलाको क्यान्सर परीक्षण सम्पन्न
-
प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी
-
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित