बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मिस नेपाल यूएस २०१८ काे आधिकारिक कोरियोग्राफरमा मानन्धर नियुक्त

शनिबार, २६ जेठ २०७५, १० : ५१
शनिबार, २६ जेठ २०७५

विजय थापा 
 

वाशिंगटन डिसी -मिस नेपाल यूएस २०१८ को लागि आधिकारिक कोरियोग्राफरमा सुरेश मानन्धर नियुक्त भएका छन् । अमेरिकाको टेक्सस राज्यमा हुने छैठौ मिस नेपाल यूएसको लागि उनलाई हालसालै नियुक्त गरिएको हो । 

दुई दशक भन्दा ज्यादा भेषभुषाको दुनियामा निरन्तर लागि रहेका मानन्धर दोश्रो पटक उनलाई सुवर्ण अवसर प्राप्त भएको छ । उनी सन् २०१४ मा पनि मिस नेपाल यूएसका आधिकारिक कोरियोग्राफर रही सफलता पूर्वक कार्यक्रम सम्पन्न गरेका थिए । 

उनी ज्यादा बिदेशी भेषभुषामा संलग्न रहेका छन् भने १९९७ मा उत्कृष्ट नमुना (मोडल) बन्न सफल भएका थिए । उनले र्याम्प मोडलिंग संस्था संग मोडल (प्रतिरुप )भै प्रशिक्षक समेत गरेका छन् भने उनले कार्ल्सवर्ग ,स्यानमिगल तथा सोल्टी क्राउन प्लाजामा आफ्नो (मोडलिंग )प्रतिरुप प्रस्तुति गरेका छन् ।  

उनले सन् २००० मा र्याम्प मोडल प्रतियोगितामा कोरियोग्राफर भै पनि काम गरि सकेका छन् । यसैगरी सन् २०१३ मा मिस नेपाल युएस का भेषभुषा प्रशिक्षक तथा सल्लाहाकार भै काम गरि सकेका छन् । 

अमेरिकाका प्रसिद्ध कोह्ल ,बेल तथा अन्य प्रसिद्ध व्यवसायका विभिन्न भेषभुषा प्रदर्शनमा प्रस्तुतिमा प्रदर्शन गरि सकेका छन् । यसै गरि मानन्धरले अमेरिकाकि प्रसिद्ध डिजाइनर (कल्पयिता)एलिना लेजुन तथा एरिक अड्लर संग काम गरि सकेका छन् । उनि अलाबामा फेशन एलाइन्स संग काम गरि रहेका छन् । 

टेक्ससको ड्यालसमा अगस्ट १९ ,२०१८ आइतबारका दिन हुने छ । मिस नेपाल यूएस २०१८ को बिजेतालाई $ ५ हजार डलरको अध्ययनको लागि छात्रवृत्ति प्रदान गरिने छ । साथै प्रतियोगिताको लागि नेपाली मूलका १८ देखि २९ बर्ष का युवतीहरु प्रतियोगितामा सहभागिता लिन पाउने छन् । उक्त प्रतियोगिताको लागि जुन २३ तारिख दरखास्त दिने अन्तिम म्याद रहेको छ ।

बिस्तृत जानकारीको लागि आधिकारिक संजाल (वेब साइट ) मा https://www.missnepalus.com/ बाट प्राप्त गर्न सकिने छ । आयोजकहरुसँग यस ईमेल मार्फत [email protected] सम्पर्क गर्न सकिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप