केन्द्रीय संस्करण

काङ्ग्रेस नेता प्रदीप पौडेलेको विश्लेषण : बामपन्थी सरकारबाट समृद्धि कति सम्भव ?

person access_timeजेठ २७, २०७५ chat_bubble_outline0

नेपालको शान्ति प्रक्रियाको चरणमा लामो समय सङ्क्रमण देखियो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि चाहिँ त्यो सङ्क्रमण अन्त्य भयो, शान्ति प्रक्रिया एक खालको निष्कर्षमा पुग्यो । संविधान जारी भयो, संविधानको कार्यान्वयन प्रक्रिया पनि द्रुत गतिमा अगाडि बढ्यो । 

अहिले कुनै पनि संरचना निर्वाचित पदाधिकारीविहीन छैनन्, सबैतिर निर्वाचित प्रतिनिधिहरू आउनुभएको अवस्था छ । त्यसकारणले अहिले बनेको सरकार अल्पमतमा वा बहुमत नपुगेको अवस्थामा छैन । एकदम भारी बहुमतका साथ  उहाँहरू निर्वाचित हुनुभएको छ । अहिले सरकारको कमान्ड सम्हालेको राजीनितक दलले घोषणापत्र जस्तो लेखेको थियो । जुन घोषणापत्र प्रस्तुत गरेर उहाँहरूले निर्वाचन जितेर आउनुभएको छ । त्यो घोषणापत्रभित्र समृद्धिका थुप्रै कुराहरू लेखिएका छन् । हाम्रो अपेक्षा पूरै नसमेटिए पनि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको साझा घोषणापत्रमा धेरै कुराहरू समेटिएको छ भन्ने हाम्रो विश्वास हो । 

त्यसैले अब राजनीतिक स्थिरता पनि प्राप्त भएको स्थिति छ । सरकार एकमदमै धेरै बलियो छ । नेपालको इतिहासमा यति बलियो सरकार आजसम्म बनेको थिएन । २०१५ सालमा बीपी कोइराला र नेपाली काङ्ग्रेससँग आफ्नै पार्टीको २ तिहाइ थियो तर त्यो बेलामा राजा थियो । त्यसैले बीपी कोइरालाले धेरै प्रगतिशील कुराहरू घोषणा गर्नुभयो । केही कामहरूको सुरुवात गर्नुभो त्यो आजसम्म उदाहरणीय छ । बीपीले घोषण गरेका कामहरू किन अगाडि बढ्न सकेनन् भने राजाको कारणले बढ्न सकेनन् ।  अहिले त त्यो अवरोध पनि छैन । वर्तमान सरकारसँग दुई तिहाइ छ, राजा छैन । त्यसैले यो सरकारलाई ठूलो अवसर र  मौका छ । 

अब उहाँहरूको प्राथमिकता अरू केही हुनुहुँदैन समृद्धि र विकास मात्रै उहाँहरूको प्राथमिकता हुनुपर्छ । उहाँहरूको अर्जुनदृष्टि त्यतातिर मात्रै हुनुपर्छ । अब संविधान जारी गर्नुपर्ने छैन, कार्यान्वयन गर्नुपर्ने पनि छैन । मधेस–पहाड कत्तै आन्दोलन छैन, अपेक्षा मात्र बाँकी छ । त्यो अपेक्षा पूरा गर्ने ठाउँमा अहिलेको सरकार छ । 

र, प्रतिपक्षमा पनि काङ्ग्रेस जस्तो पार्टी छ । जुन पार्टी हिंसामा कहिल्यै विश्वास गर्दैन । अराजकतामा कहिल्यै विश्वास गर्दैन । काङ्ग्रेस ‘विकास र समृद्धिका लागि राजनीति’ भन्ने मान्यतामा विश्वास गर्छ । हामी रेलिङहरू फालेर कर्मचारीलाई आन्दोलनमा उठाएर, अरूण तेस्रो जस्तो कार्यक्रमलाई रोकेर त्यस्तो खालको अरचनात्मक प्रतिपक्षको भूमिका हामी निर्वाह गर्दैनौँ । हामी रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छांै । यो पनि सत्तापक्षका लागि एकदमै सुविधाको विषय हो । 

रेलको बारेमा सम्भाव्यता अध्ययन गर्ने भन्नुभएको छ, उहाँले केरुङमा जाँदा ‘ऊ त्यहाँबाट रेल कुद्छ’ भनेर भन्नुभएको हैन ? यस्तो सम्भाव्यता त पहिले नै थियो नि । सम्भाव्यता अध्ययनका लागि पहिले नै बजेट छुट्याइएको थियो नि । आखिर यसमा के नयाँ भयो ? 

त्यसकारण चाहिँ अब प्रधानमन्त्रीज्यूले थुप्रै भाषणहरू गर्नुभयो । उहाँले विकास र समृद्धिका कुरालाई भाषणमा जोड दिएको जस्तो देखिन्छ । यसमा प्रधानमन्त्रीलाई हाम्रो आग्रह के भने तपाईं भाषण गर्ने ठाउँमा हुनुहुन्न । तपाईं काम गर्ने ठाउँमा हुनुहुन्छ । त्यसैले अब तपाईंले कुनै पनि काम नहुँदा अरूलाई दोष लगाउन मिल्दैन । काम नहुनाको कारक अब तापाईं मात्र हुनुहुन्छ, त्यसकारण भाषणभन्दा बढी काम गर्नुस् । 
अर्को कुरा प्रतिपक्षलाई गाली गर्ने प्रधानमन्त्रीको धर्म होइन । हाम्रा प्रधानमन्त्री २ बजेसम्म सुत्नुहुन्न भन्ने मैले सुनेँ तर दुई बजेसम्म उहाँले के गर्नुहुन्छ ? भोलि कार्यक्रम छ, त्यो कार्यक्रममा काङ्ग्रेसलाई कसरी गाली गर्ने त्यही बारेमा मात्रै तयारी गर्नुहुन्छ, जस्तो देखिन्छ । त्यसैले तपाईं आफ्नै कामतिर लाग्नुस् । 

हिजो काङ्ग्रेस सत्तामा थियो अथवा काङ्ग्रेस तपाईंको प्रतिस्पर्धी  पार्टी थियो ।  अब त चुनाव पाँच वर्षपछि हुन्छ । प्रतिस्पर्धा पनि त्यो बेलामा गरौंला । अहिले त तपाईं काङ्गे्रसलाई किन यस्तो ङ्याँकिरहन खोज्नुहुन्छ  ? प्रधानमन्त्रीको कुर्सीमा बसेर त्यसो गर्न मिल्दैन । प्रधानमन्त्री त मेरो पनि हो, नेपाली काङ्ग्रेसको पनि हो । मेरो प्रधानमन्त्री  माथि मैले गर्व गर्न नपाउने ? 

त्यसैले प्रधानमन्त्री एकदमै अराजक ढङ्गबाट प्रस्तुत हुनुभएको देखिन्छ । त्यो कुरा चाहिँ उहाँले रोक्नुपर्छ । उहाँले ‘हिन्द महासागर र प्रशान्त महासागरमा नेपालको झण्डा राखेर पानीजहाज कुदाउँछु’ भन्नुभो । त्यो हाम्रो आवश्यकता हो । उहाँले त्यसो गर्न खोज्नुभएको हो भने हामी त्यसलाई स्वागत गर्छौं । त्यो असम्भव कुरा हो भनेर हामी भन्दैनौँ । रेल कुदाउने कुरा असम्भव हो भनेर हामी भन्दैनौं । ग्यासको पाइप चुलोमा लगेर जोडिदिने कुरा असम्भव हो भनेर हामी भन्दैनौँ तर यसरी सम्भव हुने देखिएन । उहाँले पानीजहाजको जलयात्राका लागि अनुसन्धान र सम्भाव्यता अध्ययन गर्ने भनेर जम्मा ३० लाख रुपियाँ बजेट छुट्याउनुभएको छ । 

रेलको बारेमा सम्भाव्यता अध्ययन गर्ने भन्नुभएको छ, उहाँले केरुङमा जाँदा ‘ऊ त्यहाँबाट रेल कुद्छ’ भनेर भन्नुभएको हैन ? यस्तो सम्भाव्यता त पहिले नै थियो नि । सम्भाव्यता अध्ययनका लागि पहिले नै बजेट छुट्याइएको थियो नि । आखिर यसमा के नयाँ भयो ? 

उहाँले अघिल्लो पटक प्रधानमन्त्री हुँदा तुइन हटाउने भनेर भन्नुभयो । कहाँ हट्यो तुइन ? यो पटक पदभार ग्रहण गर्दा सीटीईभीटीको ठाउँमा ‘सीसीटीभी’ भनेर भए पनि उहाँले हरेक गाउँपालिकामा सीटीईभीटीको कलेज अथवा प्राविधिक शिक्षा पढाउने व्यवस्था गर्छु भनेर भन्नुभयो । ८५ करोडले ७५३ पालिकामा प्राविधिक शिक्षा दिने कलेजहरू खुल्न सक्छ ?   

अनि उहाँले भाषण गर्नुभएको छ, अहिले पनि रेकर्ड हेर्न पाइन्छ– ‘यो चुनावमा एमालेले जित्छ एमालेले जितेपछि म प्रधानमन्त्री हुन्छु । म प्रधानमन्त्री भए पनि वृद्धभत्ता ५ हजार पुग्छ ।’  खोइ त वृद्धभत्ता बढेको  कुरा ? बजेट भाषणमा हामीले सुन्न त पाएनौं । 

०५१ सालमा वृद्धभत्ता १ सय रुपियाँ दिएर त्यसकै ब्याज सधैँभरी खाइरहने हो ? वर्षौंसम्म त्यही गरेका थियौँ भनेर भनिरहने हो ? त्यसैले लोकतन्त्रमा यसरी जनतालाई ढाँट्न पाइदैन । हामीले हिजो उहाँले सपना देखाएको भनेर भनेनौँ, तर अहिले बजेट हेर्दा त उहाँले सपना मात्रै देखाएको रहेछ । सरकारसँगै इच्छाशक्ति नभएको जस्तो देखिन्छ । उहाँहरूले एक वर्षभित्र २० लाख पर्यटक पु¥याउने भनेर भन्नुभएको छ । निजगढ एयरपोर्ट पाँच वर्षभित्र सम्पन्न गर्नेछाँै भनेर घोषणापत्रमा लेख्नुभएको छ तर अहिले बजेटमा त्यो पाँच वर्ष भन्ने शब्द नै हटाइदिनुभएछ । 

उहाँहरूको प्राथमिकतामा निजगढ एयरपोर्ट परेकै छैन । काठमाडौँ नजिकै काभ्रेतिर आन्तरिक उडानको एयरपोर्ट खोज्दै हिँड्नुभएको छ । तपाईंले निजगढ विमानस्थल नबनाएसम्म नेपालमा २० लाख पर्यटक आउनै सक्दैनन् । त्यसैले पर्यटक ल्याउनका लागि पहिले पूर्वाधारको विकास त गर्नुप¥यो नि । खोई त पूर्वाधारको विकास योजना ? अहिले जति होटल छन् त्यति मात्रै रहने । होटलको स्तर जस्तो छ, त्यसमै सीमित रहने ? अनि एयरपोर्टको हालत यस्तो राखेर २० लाख पर्यटक कहीँ आउन सक्छन् ?

उहाँहरूले प्रतिव्यक्ति आय ५ वर्षभित्र पाँच हजार डलर बनाउँछु भन्नुभएको छ तर रोजगारीको अवसर पनि छैन । उत्पादन वृद्धि हुने छाँटकाँट पनि छैन् ।  आत्मनिर्भर बन्ने कुनै अवस्था पनि छैन । महँगी नियन्त्रण हुने कुनै सङ्केत पनि देखिएको छैन । यो अराजकता अन्त्य हुने कुनै काम र सुशासन स्थापित हुने कुनै आधार देखिएको छैन । अनि कसरी प्रतिव्यक्ति आय दोब्बर हुन्छ ? अनि उहाँहरूले आर्थिक वृद्धिदर २ अङ्कमा लान्छु भनेर भन्नुभएको छ, कसरी लाने हो ?

सत्तासिन दलले चुनावमा भोट लिन समृद्धिका धेरै कुराहरू गरेको थियो तर कुराको रफ्तारमा कामहरू भने देखिएन् । त्यसैले काम हुनेगरी उहाँहरू प्रस्तुत हुनप¥यो । अब हामी अपोजिसनमा बसेर कसैले ‘समृद्धि ल्याउँछु’ भन्दै गर्दा त्यसको विरोध हामीले गर्ने हो भने हामी आफैं सकिन्छौं । त्यसैले जुन कुरा गरियो, जसरी जतालाई भनियो त्यो अनुसारको बजेट अथवा नीति तथा कार्यक्रम आउन सकेन् । 

अब हेर्नुस्, स्थानीय तहले कर लिने, प्रदेशले कर लिने, केन्द्रले कर लिने गर्दा नेपालचाहिँ संसारमा सबैभन्दा धेरै कर लिने देशका रूपमा कहलिने स्थिति बनेको छ । अनि कहाँबाट आउँछ वैदेशिक लगानी ? अनि कहाँबाट सिर्जना हुन्छ रोजगारी ? बेरोजगारी अन्त्य कसरी हुन्छ ? विदेशमा रोजगारीका लागि जान बाध्य मान्छेहरू फर्केर नेपाल कसरी आउँछ ? करको दायरा बढाउनुपथ्र्यो यहाँ त दर मात्रै बढ्यो अनि लगानीमैत्री वातावरण नभए पनि उद्योगधन्दा कहाँबाट खुल्छन् ? होटलहरू कहाँबाट खुल्छन्, लगानीको क्षेत्र कहाँबाट विस्तार हुन्छ  ? 

त्यसैले कुरा एकातिर नीति तथा कार्यक्रम अर्केतिर हुने हो भने त त्यसको केही अर्थ हुँदैन । विकास बजेट पहिलेभन्दा २१ अर्ब रुपियाँ कम छ । पहिलेभन्दा धेरै सपना देखाउने, धेरै काम गर्छु भनेर भन्ने बजेट चाहिँ अघिल्लो वर्ष भन्दा २१ अर्ब रूपियाँ घटाएर राख्ने ? विकास बजेट बढ्नुपथ्र्यो । उहाँहरूले कृषि उत्पादन दोब्बर बढाउँछु भनेर भन्नुभएको छ । कसरी दोब्बर बढाउने हो ? कृषि क्षेत्रमा के लगानी गर्न खोज्नुभएको छ । उत्पादन वृद्धि गर्नेगरी उहाँहरूको योजना के छ ? केही पनि छैन,  खाली दोब्बर बढाउँछु मात्रै भन्नुभएको छ । 

उहाँहरूले प्रतिव्यक्ति आय ५ वर्षभित्र पाँच हजार डलर बनाउँछु भन्नुभएको छ तर रोजगारीको अवसर पनि छैन । उत्पादन वृद्धि हुने छाँटकाँट पनि छैन् ।  आत्मनिर्भर बन्ने कुनै अवस्था पनि छैन । महँगी नियन्त्रण हुने कुनै सङ्केत पनि देखिएको छैन । यो अराजकता अन्त्य हुने कुनै काम र सुशासन स्थापित हुने कुनै आधार देखिएको छैन । अनि कसरी प्रतिव्यक्ति आय दोब्बर हुन्छ ? अनि उहाँहरूले आर्थिक वृद्धिदर २ अङ्कमा लान्छु भनेर भन्नुभएको छ, कसरी लाने हो ?

समृद्धिको एउटा आधार पूर्वाधार विकास हो । अहिले सडक र पुल–पुलेसा निर्माण गर्ने निर्माण व्यवसायीलाई जसरी कारवाही गर्ने कुरा सरकारले सुरु गरेको सुन्नमा आएको छ । त्यो कुरा ठीक भए पनि प्रक्रिया गलत छ । निर्माण व्यवसायीले एलसी खोलेका हुन्छन् । धरौटी राखेका हुन्छन्, उनीहरूलाई कारवाही गर्ने विभिन्न तरिका छ तर एकै पटक ल्याएर थुन्ने ? एलसी रोक्का गरिदिने, धरौटी रकमलाई क्षतिपूर्तिमा परिणत गराइदिने गर्न सकिन्छ । भौतिक योजना मन्त्रालयले मन्त्रालयले वार्निङ दिएर चिठी लेख्ने, तमाम प्रक्रिया केही पनि पूरा नगरी लगेर सीधै थुनामा राख्न मिल्दैन । कारवाही गर्न जरुरी छ तर प्रक्रिया मिलाएर गर्नुस् । 

सिन्डिकेट खारेज गर्छु भनेर भन्नुभयो । अनि सिन्डिकेट खारेज गर्ने निर्देशकलाई नै हाटउनुभयो । के हो त नियत ? त्यसकारण धेरै कुराहरू मिलेको जस्तो देखिँदैन । वामपन्थी नेतृत्वको वर्तमान सरकारबाट समृद्धि असम्भव भनेर म घोषणा गर्दिनँ तर जसरी उहाँहरू प्रस्तुत हुनु भएको थियो, निर्वाचनको बेला जुन कुरामा उहाँहरूको कमिटमेन्ट थियो त्यो कमिटमेन्ट अनुसार चाहिँ  काम हुने लक्षण देखिको छैन । 
प्रारम्भिक अवस्थामा भनिएअनुसार घोषणापत्रमा लेखेअनुसार त्यही रफ्तारमा गतिशील भएर सरकार आउन खोजेको जस्तो देखिएको छैन । 

(काङ्ग्रेसका केन्द्रीय सदस्य पौडेलसँग राजेश भण्डारीले गरेको कुराकानीमा आधारित ।)  
 

राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X