शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१० महिनामा १ खर्ब ४३ अर्ब रुपियाँको सेयर थपियो

सोमबार, २८ जेठ २०७५, ११ : १५
सोमबार, २८ जेठ २०७५

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा आर्थिक वर्ष (२०७४/७५) को दस महिनामा साढे १ खर्ब रुपियाँ बराबरको सेयर सूचीकृत भएको छ । 

४७ अर्ब ४७ करोड रुपियाँ बराबरको साधारण सेयर, २९ अर्ब २६ करोड रुपियाँ बराबरको हकप्रद सेयर, ३० अर्ब १२ करोड रुपियाँ बराबरको बोनस सेयर ३६ अर्ब ४७ करोड रुपियाँ बराबरको  सरकारी ऋणपत्र समेत गरी १ खर्ब ४३ अर्ब ९४ करोड रुपियाँ बराबरको सेयर थपिएको हो ।  

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सेयरहरूको चुक्ता मूल्य पनि वार्षिक विन्दुगत आधारमा २३.७ प्रतिशतले बढेको छ । 

वैशाख मसान्तसम्म चुक्ता मूल्य बढेर ३ खर्ब ४० अर्ब ८६ करोड रुपियाँ पुगेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरूको सङ्ख्या भने घटेको छ ।

वैशाखसम्म सूचीकृत कम्पनीहरूको सङ्ख्या १९६ रहेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूको मर्जर र एक्विजिसनले सूचीकृत कम्पनीहरूको सङ्ख्या घटेको राष्ट्र बैङ्कले भनेको छ । सूचीकृत कम्पनीमध्ये १ सय ४८ वटा बैङ्क तथा वित्तिय संस्था छन् भने १८ वटा उत्पादन तथा प्रशोधन उद्योग, १८ वटा जलविद्युत कम्पनी र ४÷४ वटा होटल तथा व्यापारीक संस्था र चारवटा अन्य समूह रहेको छ । सेयर बजार पुँजीकरण भने वार्षिक विन्दुगत आधारमा १८.५ प्रतिशतले ह्रास आएको छ । 

५ सय ३१ तहमा बैङ्क, सबैभन्दा बढी प्रदेश नम्बर २ मा 

चालु आर्थिक वर्षको १० महिनामा ५ सय ३१ स्थानीय तहमा वाणिज्य बैङ्क पुगेको छ । हाल ७ सय ५३ स्थानीय तह छन् ।

१ सय ३६ वटा स्थानीय तह रहेको प्रदेश नम्बर २ मा  १०२ स्थानीय तहमा वाणिज्य बैङ्कको शाखा पुगेको छ । १ सय ३७ स्थानीय तह रहेको प्रदेश नम्बर एकमा ९७ स्थानीय तहमा बाणिज्य बैङ्क पुगिसकेको राष्ट्र बैङ्कले जनाएको छ ।

प्रदेश ३ को ११९ स्थानीय तहमध्ये ९५ स्थानीय तहमा वाणिज्य बैङ्क पुगेको छ । यस्तै प्रदेश ४ को ८५ वटा स्थानीय तहमध्ये ६७ स्थानीय तह, प्रदेश ५ को १०९ स्थानीय तहमध्ये ८५ स्थानीय तह, प्रदेश ६ को ७९ स्थानीय तहमध्ये ३८ स्थानीय तहमा  र ८८ वटा स्थानीय तह रहेको प्रदेश नम्बर ४ मा ४७ स्थानीय तहमा वाणिज्य बैङ्कको शाखा पुगेको राष्ट्र बैङ्कले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप