बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पेलेको किर्तिमानमा नेयमारको आँखा

सोमबार, २८ जेठ २०७५, १३ : ५०
सोमबार, २८ जेठ २०७५

एजेन्सी । पेरिस सेन्ट जर्मेनका स्टार नेयमार रोमारियोसँगै ब्राजिलको सर्वाधिक गोलकर्ताको सूचीमा तेस्रो स्थानमा उक्लेका छन् ।

गत फेब्रुअरीमा घाइते भएपछि पहिलो पटक खेलको शुरुवात गरेका नेयमारले विश्वकपअघिको मैत्रिपूर्ण खेलमा अस्ट्रियालाई पराजित गर्ने क्रममा गोल गर्दै यो उपलब्धि हासिल गरेका हुन् ।

खेलको ६३ औँ मिनेटमा नेयमारले अस्ट्रियाका डिफेन्डर अलेक्सान्डर ड्रागोविचलाई छलाउँदै गोल गरेका थिए ।

गत हप्ता पनि नेयमारले क्रोएसियाविरुद्ध एनफिल्डमा २–० को जीत निकाल्ने क्रममा गोल गरेका थिए । 

योसँगै नेयमारको गोल संख्या ५५ पुगेको छ । उनीभन्दा अघि रियल म्याड्रिड र बार्सिलोनाका पूर्व स्ट्राइकर रोनाल्डो (६२) र पेले (७७) अघि रहेका छन् ।

‘मेरो लागि रोमारियोको स्थानसम्म पुग्नु ठूलो गर्वको विषय हो । ब्राजिलको सर्वाधिक गोलकर्ताको सूचीमा आफ्नो नाम समावेश हुन पाउँदा निकै खुसी लागेको छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप