शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कृष्णको माया अपेक्षाले बुझ्ने कहिले ?

सोमबार, २८ जेठ २०७५, १७ : ००
सोमबार, २८ जेठ २०७५

काठमाडौं – गायक दीपेन्द्र शाहले ‘बुझिदेउँन’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । पप शैलीमा तयार पारिएको गीत उनले आकर्षक भिडियो सहित ल्याएका हुन् । गीतमा शब्द तथा संगीत पनि उनको नै रहेको छ ।
गीतमा प्रेमीले प्रेमिका प्रती आफ्नो मनभित्र उब्जिएको भावना ब्यक्त गरेका छन् । रोमान्टिक थिममा तयार गरिएको भिडियोमा कृष्ण श्रेष्ठ र अपेक्षा बुढाथोकीको अभिनय देख्न सकिन्छ । यी दुबैको अलवा गायक स्वयम् समेत भिडियोमा देखिएका छन् ।
निकै सुन्दर लोकेसनमा छायाँकन गरिएको भिडियो निर्देशक दिवस शाहले गरेका हुन् । यसको छायाँकन तथा सम्पादन जिम्बेवारी समेत शाह आफैले निर्बाह गरेका छन् । भिडियोको निर्माता रबि श्रेष्ठ र दीपेन्द्र शाह रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप