शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेटौंडा जर्नालिजम् अवार्ड यो वर्ष दुबईमा

सोमबार, २८ जेठ २०७५, १७ : ०९
सोमबार, २८ जेठ २०७५

युएई–मकवानपुर जिल्लामा रहेर लामो समय देखि पत्रकारिता गरेका ब्याक्तिहरूको सम्मानमा दिदै आएको हेटौंडा जर्ना्लिजम अवार्ड यस पटक दुबईमा हुने भएको छ ।
न्यु मिडिया प्रालि हेटौंडा र युएईका लागी प्रदेश नंं. ३ एकता समाज युएईको सयुक्त आयोजना तथा गैर आवासीय नेपाली संघ युएई, पत्रकार महासंघ युएई, अन्तर्रा्ष्ट्रिय नेपाली कलाकार समाज (इनास) युएईको सहकार्यमा आँउदो जुन २२ अर्थात (असाढ ८) मा उक्त कार्यक्रम हुन लागेको हो ।
कार्यक्रमका लागि नेपालबाट तिन दर्जन भन्दा बढी पत्रकार र व्यवसायी युएई आउने भएका छन् । जसमध्य युएईका रहेका २ जना व्यवसायी र क्रियाशिल २ पत्रकारलाई पनि सम्मान गरिने युएईका लागी आयोजक मध्यका एक सदस्य समिम खानले बँताए ।
कार्यक्रममा उत्कृष्ट पत्रकार वर्ष अवार्ड, खोजी पत्रकारिता वर्ष अवार्ड, सामाजिक पत्रकारिता वर्ष अवार्ड, चलचित्र पत्रकारिता वर्ष अवार्ड, कार्यक्रम प्रस्तोता वर्ष अवार्ड, सम्पादक वर्ष अवार्ड, चुनौतिपूर्ण वर्ष अवार्ड, सञ्चार उद्यमी वर्ष अवार्ड र बजार व्यवस्थापक वर्ष अवार्ड गरी बिभिन्न ९ विधामा अवार्ड प्रदान गरिने आयोजकले पत्रकार सम्मेलन गरि जानाकारी गराएका छन् ।
कार्यक्रमका लागि हल बुकिङ, नेपालबाट आउने अतिथिका लागि भिषा, टिकटको व्यवस्था लगायत सम्पुर्ण प्रकृया पूरा भएको आयोजकले जनाएको छ । साथै युएईमा रहेका संघसस्था,ब्याबसायी,पत्रकार एवं आम नेपालीहरूलाई कार्यक्रम सफल बनाउन आयोजकले अपिल समेत गरेको छ । कार्यक्रमलाई रोचक बनाउन पत्रकारिता एवार्ड वितरण सगसंगै  सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट गायक टंक बुढाथोकी र चर्चित बालगायक अशोक दर्जी पनि युएई आउने भएका छन्। साथमा स्थानिय कलाकारहरूको पनि प्रस्तुती रहने भएको छ ।
कार्यक्रममा हुने मुनाफा बालगायक अशोक दर्जीको आबास निर्माणमा खर्च गरिने आयोजक सदस्य भीम अधिकारीले बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप