बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एउटा तस्विरले विवादमा तानिए शालाह

मङ्गलबार, २९ जेठ २०७५, ११ : ४१
मङ्गलबार, २९ जेठ २०७५

एजेन्सी । इजिप्टका फरवार्ड मोहमद शलाहले चेचेन नेता रामजान काडिरोभसँग तस्विर खिचाएपछि विवादमा तानिएका छन् ।

निकै विवादीत मानिने नेता काडिरोभ र शालाहले हात मिलाइरहेको तस्विर यतिबेला सामाजिक सञ्जालमा ब्यापक शेयर भएको छ ।

धेरैले यो तस्विरलाई नेता काडिरोभले हाइप्रोफाइल खेलाडीलाई आफ्नो राजनीतिक प्रोपोगाण्डाको रुपमा हेरेका छन् । आफ्नो सार्वजनिक छवि सुधार गर्न उनले यो स्टन्ट गरेको धेरैले आरोप लगाएका छन् ।

काडिरोभको शासनकालमा धेरैलाई यातना दिएको, गैरन्यायीक हत्या भएको र समलैंगिकहरुको सफाया गरिएको आरोप लाग्दै आएको छ ।

समाचार एजेन्सीहरुका अनुसार शालाह ग्रोन्जीमा रहेको आफ्नो होटलको कोठामा आराम गरिरहेको बेला एक महत्वपूर्ण पाहुना उनका लागि होटलको लब्बीमा पर्खिरहेको खबर पाएका थिए ।

जब इजिप्टका स्टार तल झरे उनले चेचेन नेता काडिरोभ र उनका सहयोगीहरुलाई पाए ।

त्यसपछि काडिरोभले उनलाई इजिप्टको टोलीले प्रशिक्षण गरिरहेको स्टेडियमसम्म आग्रह गरेका थिए । त्यहाँ हजारौँको संख्यामा फ्यानहरु पनि उपस्थित थिए ।

शलाह स्टेडियममा इजिप्टको जर्सीमा देखिएका थिए भने नेता काडिरोभ हरियो ट्रयाक सुटमा देखिए ।

पूर्व विद्रोही नेता काडिरोभ यतिबेला मस्को निकट मानिन्छन् । सन् २००४ मा उनको पिता राष्ट्रपति अख्मद काडिरोभको हत्यापछि चेच्नियाँमा उनी निकै शक्तिशाली मानिन्छन् ।

कतिपयले शालाहले चेच्नियाको मानवअधिकारको स्थितिमा वक्तव्य जारी गरेर माफी माग्नुपर्ने माग गरिरहेका छन् भने कतिले शालाहसँग कुनै विकल्प नभएको भन्दै उनको बचाऊ गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप