बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मुटु रोगको उपचारमा नोबेलको छलाङ, मोफसलमै पहिलो पटक सुरु गरियो ईपी ल्याब

मङ्गलबार, २९ जेठ २०७५, १९ : १९
मङ्गलबार, २९ जेठ २०७५

बिराटनगर । मुटुको चाल गढबढी सम्बन्धि उपचारका लागि बिराटनगरको नोबेल शिक्षण अस्पतालले मोफसलमै पहिलो पटक ईपी ल्याव सुरु गरेको छ । राजधानी बाहिरको पहिलो अर्थात नेपालको दोस्रो ल्यावको रुपमा नोबेलले ईपी ल्याव सञ्चालन गरी मुटुको चाल गढबढी सम्बन्धि रोगको दिगो उपचार थालेको हो ।

मुटुको चाल अत्याधिक बढ्ने समस्या भएका बिरामीले ईपी ल्याव अभाव हुँदा बर्षौदेखि नियमित औषधि सेवन गर्नुपर्ने बाध्यता थियो । यसअघि राजधानीको गंगालाल अस्पतालमा मात्र यो ल्याव रहेकाले उपचारका लागि महिनौ कुर्नुपर्ने समस्या थियो । तर, अव नोबेलले ईपी ल्याव सञ्चालन गरेपछि मुटुको चाल बढेर समस्या झेल्दै आएका बिरामीले सहज रुपमा उपचार पाउँने नोबेल अस्पतालका डा.राजेश नेपाल बताए । 

सामान्य मानिसको मुटुको चाल ६० देखि १०० सम्म हुन्छ । तर, कतिपयको चाल २०० सम्म पुगेर दैनिक जिवननै प्रभावित हुने गर्छ । धेरै मानिसमा देखिने यो समस्याका कारण अत्याधिक मुटु दुख्ने, चक्कर लाग्ने, बेहोस होलाजस्तो हुने, वाकवाकी लाग्ने जस्ता समस्याले पीडा झेल्दै आएका हुन्छन् ।

गंगालालले २०६१ सालमा ईपी ल्याव सुरु गरेपनि दक्ष जनशक्ति अभावले १४ बर्षसम्म पनि अन्य अस्पतालमा यो सेवा सुरु नभएको चिकित्सकहरु बताउँछन् । नोबेलले दक्ष जनशक्तिको ब्यवस्थापन गरी अमेरिकन मेसिन ल्याएर ईपी ल्याव सुरु गरेपछि बिरामीहरुबाट सकारात्मक प्रतिक्रिया आएकाले आफुहरु उत्साहित बनेको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप