शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा एउटा गाईले एकै पटक तीनवटा बाच्छी जन्मायो

मङ्गलबार, २९ जेठ २०७५, २० : ०८
मङ्गलबार, २९ जेठ २०७५

पोखरा । जो कोहीलाई पनि अचम्म लाग्न सक्दछ गाईले एकै बेतमा तीनवटा बाच्छी जन्माएको सुन्दा । 

कास्कीको माछापुच्छे गाउँपालिका–४ लाहाचोकस्थित गणेश ढकालको घरमा पालेको जर्सी गाईले सोमबार एकै बेतमा तीनवटा बाच्छी जन्माएको छ । 

गाईले सामान्य अवस्थामा तीनवटा बाच्छी जन्माएपनि एउटा भने लगभग तीन घण्टापछि मरेको र बाँकी दुईवटा सामान्य अवस्थामा रहेको कृषक ढकालले बताए । 

उनका अनुसार गत वर्ष दूध दिँदै गरेको अवस्थामा पुरन्चौरबाट किनेर ल्याएको सो गाईले दैनिक १० लि दूध दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप