विश्वकपको रौनक : जताततै जर्सी !
काठमाडौँ । रसियामा आयोजना हुने फिफा वल्र्ड कप २०१८ ले नेपाली खेलप्रेमी अहिले उत्साहित छन् । फिफा वरियतामा कमजोर राष्ट्र भएपनि नेपालमा सम्भवतः सबैभन्दा बढी रुचाइने खेल हो, फुटबल । त्यसैले त के गाउँ के शहर अहिले जताततै फुटबलको चर्चा छ ।
बिहिबारदेखि रसियामा फुटबल सुरु हुँदै गर्दा नेपाली खेलप्रेमीहरु आ–आफ्नो मनपर्ने टीमको जर्सीसहित देखिन थालिसकेका छन् । सामाजिक सञ्जालमा समेत खेलप्रेमीसहित आफ्नो टिमले जित्ने दाबीका साथ बहस गरिरहेका छन् ।
तुलनात्मक रुपमा नेपालमा ब्राजिल, अर्जेन्टिना, स्पेन, जर्मनी, फ्रान्स, इङ्ल्याण्डलगायतका देशका समर्थक बढिरहेका छन् ।
समर्थकहरु आफूलाई मनपर्ने टिमको जर्सीसहित देखिने क्रम बढ्दै गर्दा राजधानीका पसलहरुमा त्यस्ता जर्सीको व्यापार पनि ह्वात्तै बढेको ब्यापारीहरु बताउँछन् । पछिल्लो सातासाता यता बजारमा सिधै मात्रै नभएर अनलाइनमार्फत समेत खरिद गर्नेहरु उत्तिकै रहेको बताइएको छ ।
बिहिबारदेखि सुरु हुने विश्वकप जुलाई १५ सम्म चल्ने छ । यो पटकको विश्वकपमा ३२ राष्ट्रको सहभागिता रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै