शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सलमानदेखि बबी देओलसम्मः रेस थ्रीका लागि कसले कति पारिश्रमिक लिए ?

बुधबार, ३० जेठ २०७५, १२ : ५०
बुधबार, ३० जेठ २०७५

यस वर्ष पद्मावतपछि सलमान खानको रेस थ्री वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । रिलिज अगावै यसलाई ब्लकबस्टर मानिँदै छ । १ सय ६० करोड भारुमा बनेको यो फिल्मका लागि कलाकारले कति पारिश्रमिक लिए भन्ने कुरा चर्चामा छ । प्रशंसकले आफ्नो मनपर्ने कलाकारले कति पारिश्रमिक पाए भन्ने बारे विभिन्न अनुमान गरिरहेका छन् । यद्यपी, आधिकारिक रुपमा निर्माताले यसबारे कुनै जानकारी दिएका छैनन् । आउनुहोस्, थाहा पाऔं रेस थ्रीको स्टारकास्टको पारिश्रमिकबारे कस्ता अफवाह फैलिएका छन्, त्यसबारे जानकारी लिऔंः

स्वभाविक रुपमा रेस थ्रीमा सलमानले सबैभन्दा बढी पारिश्रमिक पाएका छन् । यद्यपी, कति रकम लिए भन्ने खुलासा भएको छैन । रिपोर्टलाई विश्वास गर्ने हो भने सलमानले फिल्मको प्रोफिट सेयर गरिरहेका छन् । उनले फिल्मको बजेटको ३५ प्रतिशत अमाउन्ट पाउने चर्चा छ ।

सलमान पछि फिल्मका लागि अनिल कपूरले बढि पारिश्रमिक लिएको बताइन्छ । खबरका अनुसार अनिल कपुरले पारिश्रमिकको रुपमा करिब ९ करोड भारु लिएका छन् । एक अन्तर्वार्तामा सलमानले पारिश्रमिकको खुलासा नगरेपनि  उनले अनिल कपुरले बलिउडमा अमिताभको स्थान ओगट्ने बताएका थिए ।

बबी देओलको डुबिसकेको करियरलाई सलमान खानले बचाइदिएको खबर भारतीय संचार माध्यममा छाएका छन् । बबी देओलले रेस थ्रीका लागि ७.५ करोड भारु पारिश्रमिक लिएको भन्ने खबरले निकै चर्चा बटुलिरहेको छ ।

ज्याकलिनको पारिश्रमिक पनि निकै चर्चामा छ । धेरैजसो वेबसाइटको गसिप सेक्सनमा रेस थ्रीका लागि ज्याकलिनको पारिश्रमिक ८ करोड भारु बताएको छ ।

रेस थ्रीबाट डेब्यू गरेका साकिब सलिमले पनि १.४ करोड भारु  पारिश्रमिक पाएको कुराले चर्चा बटुलेको छ ।

सलमानको नजिककी मानिने नायिका डेजी शाह फिल्मको डायलगका कारण अत्यधिक ट्रोल भइरहेकी छिन् तर डेजीको फिल्मका अन्य महत्वपूर्ण कलाकारको भन्दा बढी पारिश्रमिक भएको बताइन्छ । फिल्मका लागि डेजीलाई ५.२ करोड भारु दिएको चर्चा छ ।

फ्रेडी दारुवालालाई दुई करोड भारु पारिश्रमिकको रुपमा दिइएको विभिन्न स्रोतले दाबी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप