बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर तीनको प्रतिव्यक्ति आय १५ सय ३४ डलर, कुन प्रदेशका मानिसले कति कमाउँछन् ?

बुधबार, ३० जेठ २०७५, १३ : ३३
बुधबार, ३० जेठ २०७५

काठमाडौं–प्रदेश नम्बर तीनका व्यक्तिको प्रतिव्यक्ति आय सबैभन्दा बढी देखिएको छ । यस प्रदेशका एक व्यक्तिले वार्षिक १५ सय ३४ डलर कमाउँछन् । देशको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा बढी योगदान प्रदेश नम्बर ३ को रहेको छ । प्रदेशगत अर्थतन्त्रको आकारमा निकै ठूलो भिन्नता देखिएको छ । 

प्रदेश नम्बर ३ को आर्थिक हैसियत अन्यको तुलनामा निकै सबल छ । देशको अर्थतन्त्रमा यसको योगदान ३१.९ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस प्रदेशको  कुल ग्राहस्थ उत्पादन ९५ अर्ब ९३ करोड ३१ लाख रुपैयाँ रहेको छ । 

प्रदेश नम्बर एकको जनसंख्याको प्रतिव्यक्ति आय दोस्रो बढी देखिएको छ । प्रदेश नम्बर एकको एक व्यक्तिको आम्दानी एक हजार २४ डलर रहेको राष्ट्र बैंकले भनेको छ । देशको अर्थतन्त्रमा यो प्रदेशको योगदान १७.५ प्रतिशत छ । यसको कुल ग्राहस्थ उत्पादन ५२ अर्ब ५० करोड ९४ लाख रुपैयाँ रहेको छ ।  कुल ग्राहस्थ उत्पादनमा प्रदेश नम्बर २ को १६.२ प्रतिशत हिस्सा छ ।

४८ अर्ब ८२ करोड ९ लाख रुपैयाँ कुल ग्राहस्थ उत्पादन भएको प्रदेश नम्बर २ को प्रतिव्यक्ति आय ७९९ डलर रहेको छ । कुल ग्राहस्थ उत्पादनमा प्रदेश नम्बर ५ को १३.४ प्रतिशत योगदान छ । ४० अर्ब ४० करोड ६३ लाख रुपैयाँ कुल ग्रार्हस्थ उत्पादन रहेको प्रदेश पाँचको प्रतिव्यक्ति आय ८६८ डलर रहेको छ ।

 ३१ अर्ब ५७ करोड १६ लाख रुपैयाँ कुल ग्राहस्थ उत्पादन रहेको प्रदेश ४ को प्रतिव्यक्ति आय एक हजार २१ डलर रहेको छ । देशको अर्थतन्त्रमा यस प्रदेशको योगदान भने १०.५ प्रतिशत रहेको छ । 

प्रदेश नम्बर ६ कर्णाली प्रदेशको अर्थतन्त्रमा ४.१ प्रतिशत हिस्सा छ । यसको कुल ग्राहस्थ उत्पादन १२ अर्ब ४३ करोड १७ लाख रुपैयाँ रहेको छ । प्रतिव्यक्ति आय भने ६७७ डलर रहेको छ । प्रदेश सातको अर्थतन्त्रमा ६.३ प्रतिशत योगदान छ । यहाँको प्रतिव्यक्ति आय ६६० डलर छ । कुल ग्रार्हस्थ उत्पादन भने १९ अर्ब ५ करोड १५ लाख रुपैयाँ रहेको छ । 

यो सन २०१४ को मानव विकास प्रतिवेदनको आधारमा आर्थिक वर्ष ७४÷७५ को प्रदेशगत कुल ग्राहस्थ उत्पादन र प्रतिव्यक्ति आय गणना गरिएको हो । नेपाल राष्ट्र बैंकले तयार पारेको प्रदेशगत आर्थिक, सामाजिक तथा वित्तिय स्थितीका आधारमा तयार पारिएको  प्रोफाइल मंगलबार सार्वजनिक गरेको हो ।  

प्रदेश नम्बर २ सबैभन्दा बढी गरीबी, ४ मा सबैभन्दा कम 
प्रदेश नम्बर सातमा गरीबीको दर उच्च रहेको छ । यहाँ ४२ प्रतिशत गरीबी, १२.१ प्रतिशत गरीबीको विषमता, ४.६ प्रतिशत गरीबिको गहनता रहेको छ । प्रदेश ४ मा गरीबीको दर सबैभन्दा कम छ । यहाँ १५.२ प्रतिशत गरीबी रहेको छ ।

संख्यागत रुपमा प्रदेश २ मा सबैभन्दा बढी गरीबी र प्रदेश १ मा सबैभन्दा कम गरीबी रहेको छ । बहुआयामिक गरीबीको दर अनुसार प्रदेश नम्बर २ सबैभन्दा बढी गरिबी र ४ सबैभन्दा कम गरीबी रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप