बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सामान्य प्रशासन मन्त्रालयले दियो कर्मचारीलाई चारबुँदे निर्देशन

बुधबार, ३० जेठ २०७५, १५ : ०२
बुधबार, ३० जेठ २०७५

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाह प्रभावकारी बनाउनका लागि आफू मातहतका कर्मचारीलाई चारबुँदे निर्देशन जारी गरेको छ । 

मन्त्रालयका शाखा अधिकृत रवीन्द्रजंग थापाले कर्मचारीलाई सार्वजनिक सेवा प्रवाहकारी बनाउनका लागि चार बुँदे निर्देशन जारी गरिएको बताए । 

उनका अनुसार सबै कर्मचारी तोकिएको समयमा कार्यालयमा रहन, कामको सिलसिलामा मन्त्रालय बाहिर जाँदा अनिवार्य रुपमा आफ्नो महाशाखा, आन्तरिक व्यवस्थापन शाखामा राखिएको लगबुक भर्न, खाजा खाने समय १ः३० बजेदेखि २ः३० बजेसम्म तोकिएकाले सो अनुसार गर्न र शुक्रबार बाहेक अन्य सबै दिनमा पोशाक लगाएर अनिवार्य आउन निर्देशन दिइएको छ । 

कर्मचारीले आफूले मनलाग्दी गर्न थालेपछि मन्त्रालयले निर्देशन जारी गरेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप