शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजा त्रिभुवन र महेन्द्रलाई हँसाउने कलाकार सबैलाई रुवाउँदै बिदा भए (फोटोफिचर)

बुधबार, ३० जेठ २०७५, १६ : १४
बुधबार, ३० जेठ २०७५

काठमाडौं – रेडियो नाटक, सानोपर्दा हुँदै ठूलो पर्दामा जम्प मारेकी अभिनेत्री– निर्देशक दीपाश्री निरौला बोल्ड लेडीमा पर्दछिन् । यी नै बोल्ड लेडीको बुधबार भने दिनभर आँखा रसाइरह्यो ।

बरिष्ठ कलाकार भीम बहादुर थापाको निधनमा उनले दिनभर नै आँसु थाम्न सकिन् । पोखरामा चलचित्र ‘छक्का पन्जा ३’को छायांकनको क्रममा रहेकी उनको कानमा ‘धर्म बा’समेत रहेका थापाको निधनको खबर बिहानै पर्यो । खबर थाहा पाउने बितिकै पहिलो फ्लाइटबाट उनी काठमाडौ आइन् । त्रिभुवन बिमानस्थिलबाट सिधै थापाको मैतिदेबी स्थित घरमा पुगेकी थिइन् । घर देखि नै थापाको शव यात्रामा सहभागी उनी भावुक देखिइन् ।  श्रद्धाञ्जलीका समय होस् वा अन्त्येष्टिको समय उनको आँखा रसाएकै देखिन्थो । 

बुधबार बिहान २ बजे निधन भएका थापाको बुधबार मध्यान्न नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । ९२ वर्षीया थापाको पार्थीब शरीरलाई उनकी छोरीले दागबत्ती दिएकी थिइन् । उनको अन्त्येष्टीमा नेपाली सेनाको एक टुकडी सेनाले सलामी दिएको थियो । 

अन्येष्टी अघि उनको शवलाई पशुपति आर्यघाट परिसरमै अन्तिम  श्रद्धाञ्जलीका लागि राखिएको थियो । श्रद्धाञ्जलीमा पुरानी अभिनेत्री चैते देबी, बसुन्धर भुषाल, कलाकार निर्देशक दीपाश्री निरौला, सिताराम कट्टेल ‘धुमुर्स’, शोभित बस्नेत, नायक, निर्माता नवल खड्का, उत्तम केसी, रमेश बुढाथोकी, कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, सरिता लामिछाने, सानु ताम्राकार सहित शुभचिन्तक, समर्थक, कलाकार तथा रंगपत्रकारहरुहरुको सहभागीता थियो । थापाको निधनले नेपाली चलचित्र क्षेत्रलाई अपूरणीय क्षति पुगेको कलाकारले सो अवसरमा धारणा राखे ।

थापाले आफ्नो ८ चलचित्रमा काम गरेको स्मरण गर्दै श्रद्धाञ्जलीमा निर्माता, निर्देशक शोभित बस्नेतले थापाको निधनले देशले एक होनहार कलाकार गुमाएको बताए । ‘कलाकारको रुपमा मात्र होइन । ब्यक्तिगत रुपमा पनि राम्रो बानी ब्यहोरा उहाँको थियो ’ शोभितले भने ‘उहाँसँग काम गर्दा आफुले धेरै कुरा सिक्न पाएको छु ।’

अर्का कलाकार उत्तम केसीले थापाको बुढौलीमा पनि कलाकारिता प्रतिको जोस र जागर देखेर आफु अचम्मित हुने गरेको सुनाए । मिलनसार र होनहार कलाकारको रुपमा भिमबहादुरलाई हेर्ने गरेको उनको भनाई रहेको थियो । 

काठमाडौ महानगरपालिका– ३३ मैतीदेबी निवासी थापा मुटु, फोक्सो, कलेजो लगायत बिभिन्न रोगबाट लामोसमय देखि ग्रसित थिए । पछिल्लो समय  उनलाई घरमै राखेर सामान्य उपचार गरिएको थियो । उनका एक छोरा र दुई छोरी रहेका छन् । उनी वि.सं १९८३ असार १३ गते खोटाङमा जन्मिएका थिए ।

थापाको कलायात्रा
थापाको कलायात्रा सैनिक कार्यक्रम ‘रूपक’बाट सुरु भएको थियो । २००८ देखि ०४५ सालसम्म निरन्तर रेडियो रूपक चलाएर मेची –कालीसम्मको यात्रा गरेका थिए । रूपकले मानिसलाई सारै ठूलो मनोरञ्जन दिन्थ्यो । नेपाल टेलिभिजनको लोकप्रिय श्रृखला देवी, बाट केही चिनिएका थापा ‘तितो सत्य’बाट सबैमाझ परिचित भएका थिए । उनले ७० चलचित्र, १४०वटा सानो पर्दाको चलचित्र र ७० हाराहारीमा बिज्ञापन चलचित्र अभिनय गरेका छन् । थापा राजा त्रिभुवन र महेन्द्रलाई हसाउने कलाकार भनेर समेत चिनिन्थे ।

सेना थापा
थापाले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए । १३ वर्षको उमेरमा ब्रिटिस आर्मीमा भर्ना भएका उनी विसं २००२ मा नेपाल फर्किएका थिए । 
विश्वयुद्धबाट फर्किएका भएकोले उनलाई केही तहको प्रमोसन सहित  सेनामा भर्ती मिलेको थियो । उनी नाचगानमा पनि माहिर भएकाले मोहनशमशेरको बडीगार्डमा पनि छानिएका थिए । 


गोरखा दक्षिणबाहुपट्ट, त्रिशक्ति पट्ट लगायत थुप्रै पुरकारबाट सम्मानित थापाले कलाकारिताबाट पनि बिभिन्न पुरस्कार प्राप्त गरेका छन् । नेपाली सेनामा लेसनायबाट जागिर खाएका उनी नायक,हवलदार, जमदार, सुविदार हँुदै मेजरसम्म भएका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप