बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एकल साँझमा सुनिए टीका

बुधबार, ३० जेठ २०७५, १७ : १३
बुधबार, ३० जेठ २०७५

काठमाडौं – दर्शकले खचाखच भरिएको हल र बाद्यबादन समुहले भरिएको स्टेजमा जब गायक गायक तथा संगीतकार टीका बोम्जन प्रस्तुत भए । दर्शक दीर्घबाट तालिको पर्रा छुट्यो । ‘माटोले माग्दैन आफैंले दिनुपर्छ’ बोलको गीतबाट उनले दर्शकलाई स्वागत गरे ।
उनको गीतमा मोहित हुँदै दर्शकदीर्घामा रहेका कामु प्रधानसेतापति पुर्णचन्द्र थापा जुरुक्क उठेर स्टेजमा गए अनि टीकालाई धाप मार्दै एकछिन् साउती मारे । ‘कामु प्रधानसेनापतीले मेरो स्वर र संगीतको प्रशंसा समेत गरे’, कार्यक्रम पछि टिकाले भने । 
भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लवमा आयोजित ‘टीका बोम्जन एकल साँझ २०७५’मा दर्शकको बाक्लो उपस्थिती थियो । केही दिनअघि सडक दुर्घटनामा परी उपचार गराई गरेका गायक शिव परियार वैशाखी टेकेर कार्यक्रममा पुगेका थिए । ‘मेरो हिडडुल गर्ने अवस्था छैन तर टीका बोम्जनको एकल साँझ भएकाले यहाँ आएँ’, शिवले भने, ‘टिका अहिले नेपाल सांगीतिक क्षेत्रका प्रतिनिधी पात्र हुन् । मैले उहाँको संगीतमा धेरै गीत गाउने अवसर पाएको छु ।’ सो अवसरमा शिवले टिकाको सगीत रहेको ‘रोशी खोला तिरैमा’ बोलको गीत पनि सुनाए ।
नेपाली सेनामा कार्यरत टीकाले २०५९ सालमा नगरकोटस्थित रिपिटर टावरको पोस्ट मर्मत गर्ने क्रममा लडेर हाइभोल्टेज करेन्टमा परी उपचारका क्रममा दुवै हात गुमाउनु परेको थियो । ‘२१ वर्षको उमेरमा मैले दुवै कर्मठ हात गुमाए पनि आज सैयौं हातको साथ पाएको छु’, उनले भने ।
हिमालय नेपाली इभेन्टस् प्रालीको आयोजनामा भएको कार्यक्रममा टिकाले ‘बार प्रिये बार’, ‘तिमी मेरै’, ‘झरना पानी’, ‘यो देशलाई’, ‘सैलुङे गाउँकी’, ‘मैलेभन्दा माया दिने’ बोलका गीत प्रस्तुत गरेका थिए । पवनवाङ लामाको ब्याण्ड संयोजनमा तवलामा कुमार महाराज र भुवन गन्धर्व, लिड गितारमा देवासिस मोत्तान, बेस गीतारमा अनुप दास, बांसुरीमा गोपालदेव घतानी, किवोर्डमा रुपमसिंङ गुरुङ, अक्टोप्याडमा रुपेशसिंह गुरुङले टीकालाई बाद्यबादनमा साथ दिएका थिए । कार्यक्रममा दुर्गा परियार, इन्दिरा गोले, सुरेश लामा, अनिल लामालगायतका गायकगायिकाले टीकाद्धारा संगीतवद्ध गीत गाएका थिए, भने फिमफेदी गाइजले समेत नृत्य देखाएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप