विज्ञापन संघको २८ औं वार्षिकोत्सव सम्पन्न
बुधबार, ३० जेठ २०७५, १७ : ३६
काठमााडौं– विज्ञापन व्यवसायीहरुको छाता संगठन नेपाल विज्ञापन संघको २८ औं वार्षिकोत्सव सम्पन्न भएको छ । सो संघको वार्षिकोत्सव आज एक समारोहबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव प्रेमकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सहसचिव श्रेष्ठले विज्ञापन संघ र मन्त्रालयबीच विगत देखिनै सहकार्य हुँदै आएको बताउँदै संघले सामाजिक उत्तरदायित्वको काम गरेकोमा त्यसको प्रसंशा समेत गरे ।
वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको थियो । संघका अध्यक्ष रबिन्द्रकुमार रिजालले कार्यक्रमको सभापतित्व गर्दै विश्व रक्तदान सप्ताहमा यो रक्तदान कार्यक्रम गर्न पाउदा आफुलाई खुसी लागेको विचार व्यक्त गरे ।